Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिकाले राष्ट्रिय महिला भेला गर्ने

एनआरएनए अमेरिकाले राष्ट्रिय महिला भेला गर्ने

नेप्लिज डायस्पोरा

३१, श्रावण २०७७
images
एनआरएनए अमेरिकाले राष्ट्रिय महिला भेला गर्ने

गैर-आवासीय नेपाली सङ्घ अमेरिकाले यही आंउने सेप्टेम्बर 26th शनिबार राष्ट्रीय महिला भेला (National Women’s Conference) गर्ने निर्णय भएको जानकारी आएको छ ।

उक्त कार्यक्रमलाई ऐतिहासिक रुपले सम्पन्न गराउन हामी सबैको दायित्व सम्झदै सम्पूर्ण अमेरिका बासी गैर-आबासिय नेपाली दाजुभाइ,दिदिबहिनीलाई यो पहिलो चोटी हुन लागेको बृहत राष्ट्रीय महिला भेलामा सहभागी भइ भब्यताका साथ सफल पार्न हार्दीक आबहान गर्दै, गैर-आबासिय नेपाली संघ अमेरिकाले उक्त महिला भेलामा बिभिन्न बिषय र बस्तुमा चरणबद्द गरी कार्यक्रम संचालन गरिने जानकारी महिला सम्योजक दिक्षा बस्नेतले जानकारी दिनुभएको छ ।कोरोना कहर र यो लामो पेन्डामिक समयको कारण बिश्व लगायत अमेरिकामा पनी धेरै प्रत्यक्ष वा अप्रतक्ष्य असर र जसको कारणले उक्त कार्यक्रम पनि अनलाईन जुम मार्फत गरिने छ ।

महिलाका गहन मुद्दाहरु उठान हुने एबं बिभिन्न बिषय हरुमा कार्यपत्रहरु प्रस्तुत गरी गरिने छन ।

कार्यक्रमका सल्लाहकारहरु डाक्टर तारा सिग्देल, डाक्टर राजन पन्त, डाक्टर सिमा शाह रहेका छन्। त्यस्तै आईटीमा दधि ढुंगाना र पदम भण्डारी रहेका छन्। दिक्षा बस्नेत संयोजक रहेको यो कार्यक्रममा श्रद्धा अधिकारी, राज्य लक्ष्मी, छत्र गुरुङ, सुनु गुरुङ, सरु शर्मा र रुक्मिणी कार्की सदस्य रहेका छन्। कार्यक्रमको जनसम्पर्क र मिडियाको जिम्मा सतीश चापागाईंलाई दिईएको छ।

images
प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - ०५:१३:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend