Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा अस्ताए नेपाली युवा अमर तामांग, नेपाली समुदाय शोकमा डुब्यो

अमेरिकामा अस्ताए नेपाली युवा अमर तामांग, नेपाली समुदाय शोकमा डुब्यो

नेप्लिज डायस्पोरा

४, भाद्र २०७७
images
अमेरिकामा अस्ताए नेपाली युवा अमर तामांग, नेपाली समुदाय शोकमा डुब्यो

 

अमेरिकाको न्यु योर्कमा लामो समयदेखि बसोबास गर्दै आएका ३९ बर्षीय नेपाली युवा अमर तामांगको बुधबार बिहान निधन भएको जनसम्पर्क समिति अमेरिकाको न्यु योर्क च्याप्टरद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

जनसम्पर्क समिति अमेरिकाको न्युयोर्क च्याप्टरका उपसभापती र कास्की समाज न्युयोर्कका महासचिव, तामांग सोसाईटी अफ अमेरिकाका पुर्ब महासचिव समेत रहेका अमर झन्डै छ महिनादेखि बिरामी थिए। उनको न्युयोर्कको माउन्ट साइनाई अस्पतालमा निधन भएको हो। कलेजोको क्यान्सरले ग्रस्त भएका तामांगलाई केहि महिनादेखि उक्त अस्पतालमा राखिएको जनसम्पर्क सिटी अमेरिका न्युयोर्क च्याप्टरका सचिव अनिलराज पाण्डेले बताए ।

जनसम्पर्क समिति र एनआरएनए, तामांग सोसाईटी र कास्की समाज लगायतका संघसंस्थाहरुमा बिभिन्न पदमा रहेर सक्रिय अमर न्युयोर्कका अति सक्रिय सामाजिक अभियन्ता थिए ।

उनको निधनमा अमेरिकाको सिंगो नेपाली समुदाय चिन्तित बनेको छ। उनले धेरै बर्ष बिताएको न्युयोर्कको नेपाली समुदाय बुधबार बिहानदेखि शोकमा डुबेको छ।

अमरको उपचारमा संलग्न डाक्टरले उनको स्वास्थ्यमा खतरा रहेको २ हप्ता अगाडी नै जानकारी दिएका थिए। त्यसपछि उनका साथीभाई र आफन्तहरुले उनको स्वास्थ्य लाभको कामना गर्दै आएका थिए। झन्डै १२ बर्ष अघि अमेरिका आएका उनी अबिबाहित थिए।

उनको अन्त्यष्ठी कहिले र कसरी गर्ने भन्ने बारेमा छलफल भईरहेको बुझिएको छ। अमरको नेपालमा रहेका दाई र दिदिले उनको लासलाई सम्भव भएसम्म नेपाल मै ल्याउन अनुरोध गरेकोले पहिलो प्रयास नेपाल पठाउने भएको अनील पाण्डेले बताए। "अमर आफैले पनि मिल्यो भने नेपाल लैजान भनि अन्तिम ईच्छा साथीभाईलाई बताएका थिए ।" पाण्डेले बताए।

अमर यो संसारमा नरहेको खबर पाउने बित्तिकै उनको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धान्जली अर्पण गरिएको छ।

Screen Shot 2020-08-19 at 8.24.25 PM.png

 

1.jpg

 

 

Screen Shot 2020-08-15 at 7.18.09 PM.png

 

 

 

 5.jpg

Screen Shot 2020-08-19 at 8.31.24 PM.png

 

Screen Shot 2020-08-19 at 8.33.28 PM.png

 

Screen Shot 2020-08-19 at 9.42.33 PM.png

 

Screen Shot 2020-08-19 at 8.23.59 PM.png

 

Screen Shot 2020-08-19 at 8.52.06 PM.png

 

Screen Shot 2020-08-19 at 9.37.43 PM.png

 

 

images
प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - ०५:५८:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend