Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सिन्धुपाल्चोक लिदीको पहिरोबाट बिस्थापितलाई हिमालयन हेल्पिङ्ग ह्यान्ड्स अमेरिकाले पांच लाख सहयोग गर्ने

सिन्धुपाल्चोक लिदीको पहिरोबाट बिस्थापितलाई हिमालयन हेल्पिङ्ग ह्यान्ड्स अमेरिकाले पांच लाख सहयोग गर्ने

नेप्लिज डायस्पोरा

५, भाद्र २०७७
images
सिन्धुपाल्चोक  लिदीको  पहिरोबाट बिस्थापितलाई हिमालयन  हेल्पिङ्ग ह्यान्ड्स  अमेरिकाले पांच लाख सहयोग गर्ने

 

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा हालै गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शब फेला परेको थियो । जुन दुर्घटनामा २० भन्दा बढी मानिसहरु हराईरहेका छन । पहिरोबाट बिस्थापित बासिन्दालाई हिमालयन हेल्पिङ्ग ह्यान्ड्स, लस एन्जलस, अमेरिकाले रु. पांच लाख सहयोग गरेको छ ।

यस अघि फाउण्डेशनले असार २५ गते बाह्रविसे नगरपालिकामा गएको पहिरोले आफ्ना छ जना पुरै परिवार गुमाएकी छिरिङ्ग गोले नानीलाई र पहिरोले गाउंको घर गुमाएर नजिकैको विद्धालयको छानाको ओत लागाएर त्यहीं दुई हात जोर्ने चारो पकाएर बसेका अन्य पीडित गाउंलेहरुका लागि २ लाख रुपैंया सहयोग गरेको थियो ।

पीडित गाउंको वेदनाको कथा युट्युब मार्फत सार्वजानिक गरेका पत्रकार अर्जुन बिष्ट मार्फत फाउण्डेशनले सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग गरेको यो दोस्रो पटक हो । असारमा बार्हबिसेमा गएको बाढीपहिरो र हाल लिदिमा गएको बाढी पीडितको लागि तत्काल गरिको सात लाख रुपैंयाको अलावा बाढी पीडितहरुको सुरखित स्थायी बसोबासका लागि हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले चालिस पक्की घरको निर्माण गर्ने अध्यक्ष कपिल अधिकारीले जानकारी गराएका छन । जसका लागि शुरु गरिएको 'गो-फन्ड' अभियानमा अधिकारी परिवारले १० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - ०४:५०:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend