Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा नेपाली महिलाका सवालमा एनआरएनएको राष्ट्रिय महिला भेला हुने

अमेरिकामा नेपाली महिलाका सवालमा एनआरएनएको राष्ट्रिय महिला भेला हुने

नेप्लिज डायस्पोरा

८, भाद्र २०७७
images
अमेरिकामा नेपाली महिलाका सवालमा एनआरएनएको राष्ट्रिय महिला भेला हुने

एनआरएनए अमेरिकाले यहि सेप्टेम्बर २६ मा गर्ने राष्ट्रिय महिला भेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन्। एनआरएनए अमेरिकाको महिला समितिले आयोजना गर्ने उक्त राष्ट्रिय भेलामा आधा आकाशका ढाकेका महिलाहरुका मुद्दाहरुलाई उठाउने बताईएको छ।

"प्रवासका महिलाहरुलाई जागरुक बनाउदै महिला शसक्तिकरण गर्ने अनि प्रबासमा महिलाका सफलता र संघर्षका कथाहरु सुन्ने सुनाउने छौं।" कार्यक्रमका बारेमा समितिका संयोजक दिक्षा बस्नेतले जानकारी दिनुभएको छ।

"उक्त कार्यक्रमलाई ऐतिहासिक रुपले सम्पन्न गराउन हामी सबैको दायित्व सम्झदै सम्पूर्ण अमेरिका बासी गैर-आबासिय नेपाली दाजुभाइ, दिदिबहिनीलाई यो पहिलो चोटी हुन लागेको बृहत राष्ट्रिय महिला भेलामा सहभागी भइ भब्यताका साथ सफल पार्न हार्दिक आव्हान गर्दछु।" दिक्षा बस्नेतले जानकारी दिनुभएको छ ।

कोरोना कहर र यो लामो पेन्डामिक समयको कारण बिश्व लगायत अमेरिकामा पनी धेरै प्रत्यक्ष वा अप्रत्यक्ष असर र जसको कारणले उक्त कार्यक्रम पनि अनलाईन जुम मार्फत गरिने छ ।

महिलाका गहन मुद्दाहरु उठान हुने एबं बिभिन्न बिषयहरुमा कार्यपत्रहरु प्रस्तुत तयारी भईरहेको पनि संयोजक बस्नेतले नेप्लिज डायस्पोरासंग बताउनु भयो।

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - २३:५८:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend