Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया सुरु गर्न कांग्रेसको निर्देशन

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया सुरु गर्न कांग्रेसको निर्देशन

नेप्लिज डायस्पोरा

१६, भाद्र २०७७
images
जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया सुरु गर्न कांग्रेसको निर्देशन

बाल्टिमोर, अमेरिका ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया सुरु गर्न मातृ पार्टी नेपाली कांग्रेसले निर्देशन दिएको छ पत्र सार्बजनिक भएको छ । शनिवार पार्टीले एक परिपत्र पठाएर समितिको अधिवेशन प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो।

समितिका अध्यक्ष आनन्द विष्टको नाममा प्रेषित पत्रमा अधिवेशन प्रक्रिया तयारी अघि बढाउन भनिएको छ। पार्टीको परिपत्रमा असार २२ गतेको कांग्रेस बैठकले अनुसार कार्यकाल सकिएका सबै जनसम्पर्क समितिको ६ महिना अवधि थप गरी सोही अवधिभित्र अधिवेशन गराउन निर्देशन दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार ६ महिनाभित्र अधिवेशन गर्ने गरी तयारी गर्न र संगठनको पछिल्लो समयको गतिविधि बारे र कोरोना महामारीमा नेपाली समुदायको पछिल्लो स्थिति बारे पनि कन्द्रीय कार्यालयमा विवरण पठाउन निर्देशन दिइएको छ।

पार्टीको यो परिपत्रसहित अब नेपाली जनसम्पर्क समिति,अमेरिका अधिवेशन प्रक्रिया सुचारु गर्न आन्तरिक तयारीमा जुटेको छ। आइतवार नै पार्टीको परिपत्रका सम्बन्धमा छलफल गर्न समितिको केन्द्रीय समिति बैठक आव्हान गरिएको छ। यस पहिले अप्रिल ११ र १२ का मितिमा अधिवेशन गर्न समितिले मिति प्रस्ताव गरी अनुमोदनका लागि पार्टी समक्ष पत्राचार गरेको थियो। तर कोरोना महामारीका कारण सबै प्रक्रिया अवरूद्ध भएकाले समितिको अधिवेशन सम्बन्धी अन्यौल बढेको थियो।

नेपाली जनसम्पर्क समिति,अमेरिका अब समितिको सदस्यता वितरणसहित च्याप्टर अधिवेशन सुरु गरी अघि बढ्नेछ। साथै पार्टीको निर्देशन अनुरुप क्रियाशील सदस्यता वितरण पनि सुरु गरी केन्द्रीय अधिवेशनका लागि तयारी गरिनेछ। अधिवेशनमा भएको ढीलाईप्रति निरन्तर खबरदारी गर्नु हुने समितिका सबै सदस्य,शुभेच्छुक र सरोकारवाला सबैलाई नेपाली जनसम्पर्क समिति,अमेरिकाले धन्यवाद व्यक्त गर्दै अब अधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन अपील गरको नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमूख गौतम दाहाल बताएका छन् |

।2.jpg

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०१:३९:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend