Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपाली भाषी दिदिभाईले अंग्रेजीमा लेखेको पुस्तक एमाजनमा सार्बजनिक

नेपाली भाषी दिदिभाईले अंग्रेजीमा लेखेको पुस्तक एमाजनमा सार्बजनिक

नेप्लिज डायस्पोरा

३१, भाद्र २०७७
images
नेपाली भाषी दिदिभाईले अंग्रेजीमा लेखेको पुस्तक एमाजनमा सार्बजनिक


सारा विश्व कोविड-१९ को कहरमा नराम्रो संग जकडिएको परिस्थितिमा नेपाल लगायत अन्यत्र स्थानमा रहेका शरणार्थी शिविरहरूमा स्थित बालबालिकाको स्वास्थ्य एबम शिक्षा सेवाको लागि सहयोग पुर्याउने लक्ष्य हेतु भर्जिनिया निवासी सुकृति शर्माले आफ्नो भाइ साइमनसँग हातेमालो गरि सत्र पुष्प पत्र (Seventeen Petals ) नामक पुस्तक प्रकाशित गरेकी छिन।

किन्डल डाइरेक्ट पब्लिसिङ्ग द्वारा प्रकाशित उक्त पुस्तकमा १७ वटा कालातीत कथाहरू छन् जसले मानवीय व्यक्तित्वका १७ विशेषताहरूको बारेमा मनमोहक चर्चा गर्छन्: स्वीकृति, विनम्रता, श्रद्धा, सद्गुण, उद्देश्य, सरलता, प्रतिबद्धता, लगनशीलता, सेवा, स्थिरता, आश्वासन , इच्छुकता, वफादारीता, संवेदनशीलता, अनुकम्पा, बुद्धि र भक्ति।

बढ्दो उमेरका बालबालिकाहरुका लागि लक्ष्य गरि लेखिएको उक्त पुस्तकले पत्रकार, अखबारका सम्पादकहरू र विश्वविद्यालयका प्राध्यापकहरूबाट पाठकहरूलाई संलग्न गराउन सक्ने क्षमता भएको पुस्तक भनि अत्यन्त सकारात्मक समीक्षाहरू प्राप्त गरिसकेको छ।

"आफ्ना कडा लेखहरुको माध्यमबाट बालबालिका हरुका लागि पत्रपत्रिकामा स्थान दिलाउन सफल सुकृतिको पहिलो कथा संग्रहले युवा पाठकहरुको मन जित्ने कुरामा म ढुक्क छु," अमेरिकाबाट प्रकाशित हुने ओज़ी डट कम नामक प्रसिद्ध अनलाइन पत्रिकाका सम्पादक ट्रेसी मोरानले सत्र पत्रको बारेमा लेख्छिन।

यी छोटा कथाहरू यति आकर्षक छन् कि सान फ्रान्सिस्को विश्वविद्यालयका सहायक प्राध्यापक डा टीका लम्साल भन्छन उनी पढ्दै जाँदा कथा यत्ति चाँडै अन्त नहोउन भन्ने चाहन्थे। ती कथाहरु पढ्ने बित्तिकै डा ढकालले भने कि उनले त्यो सानो पुस्तक तुरुन्त आफ्नी छोरी र त्यसपछि आफ्नो छोरालाई पढ्न दिए।

2.jpg

डा धर्म अधिकारीले उक्त पुस्तकको बारेमा लेखेका छन्, "नयाँ कोरोना भाईरस महामारीको कठिन समयमा लेखिएका यी कथाहरूको सारांश कम प्रेरणादायक छैन: जीवन भनेको अदम्य मानव भावनाको बारेमा हो, हाम्रो चेतनाको बोधो भावनाको बारेमा हो, केवल साँचो अर्थमा ब्यूँझनको लागि हो।" डा अधिकारीले चीनको एक विश्वविद्यालयमा पत्रकारिता अध्यापन गर्छन।

South Asian in Mid South: Migration of Literacies नामक पुस्तकका लागि पुरस्कृत प्रोफेसर डा ईश्वरी पाण्डेले पुस्तकको अग्रलेखको शुरुमै लेख्छन्, “तपाईको यात्रा अब रमाइलो ज्ञानको लागि शुरु हुदै छ। दुई साना तथा सुन्दर कथाकारहरुको यो अद्भुत संग्रह पढ्दा तुरुन्त महशुस हुञ्छ कि यी शब्दको सामान्य अर्थमा बाल कथा मात्र होइनन्। यि कथाहरु सबै उमेर समूहका लागि हुन्। यी कथाहरू पढे पछि म स्वयम्लाइ शान्त, धनी र अर्थपूर्ण महसुस भैरहेकोछ । तिनीहरूले तपाइँलाई पनि यस्तै (जादु) गर्न सक्छन्।"

सेप्टेम्बर १५ मा अमेजनमा पुस्तक विमोचन गरिएको दिन प्रेस विज्ञप्ति जारी गर्दै लेखकहरूले भने कि यो पुस्तक उनीहरूको अभिभावकहरुको मौखिक कथा बाचन संस्कृतिबाट समृद्ध परम्पराको नतिजा हो।

"कोरोना भाइरसका कारण घरमै बन्दि भएको अवस्थामा विभिन्न शरणार्थी शिविरहरुमा आफु जस्तै बाल बालिकाहरुको स्वास्थ्य र शिक्षाको चुनौतीको बारेमा टेलिभिजनमा वृत्तचित्र हेरेपछि यो कथा संग्रह प्रकाशन गर्ने सल्लाह भएको हो। ," सुकृति ले भनिन।

"यी कथा जो हाम्रो दिमागमा लामो समय देखि बसिरहेका थिए, यिनी हरुलाई अरु सम्म पुर्याउनको लागि पुस्तक लेख्न पाउदा हामीलाई खुशी लागेको छ।

जुम प्रबधिमा एक रिपोर्टरले जब उनका कथाहरू यति छोटा किन भनेर सोध्द़ा सुकृतिले जवाफ दिइन्, “हामीले कथा, पृष्टभुमि, व्यक्तित्व, व्यक्तिगत चरित्र, कथानक र उप-कथानकका बारेमा विस्तृत विवरणहरू लम्बाइमा विस्तार गर्न सक्थ्यौं कथा लाइ लामो बनाउनका लागि। तर हामीले out of the box सोच्यौ र ती सबै बाहिर फाल्यौ । यसमा कारण छन्: एक: हामी भिक्टोरियन युगमा छैनौ। उक्त युगमा मनोरन्जनका माध्यम लामा उपन्यास र नाटक मात्र थिए। दुई: हाम्रा पाठकहरू चलाख छन् र हामी तिनीहरूलाई माया गर्छौं। हामी उनीहरूको बहुमूल्य समय उनीहरू बाट खोस्न चाहँदैनौं। Twitter को युगमा जब हामीसंग उनीहरूलाइ गन्तव्यमा पुर्याउने सीधा राजमार्ग उपलब्ध छ भने किन उनीहरुलाई detour गराउने?"

लेखकहरुले यो पुस्तक आफ्नी ममतामयी आमा सोना शर्मा र हजुरआमा मिन्द्र कुमारी मा समर्पित गरेका छन। केशब राज खनालले प्रत्येक कथालाइ चित्रमा उतारेको यो कथा संग्रहको कवर तथा पेज डिजाइन कृष्ण शर्माले गरेका छन्। अमेजनले सेप्टेम्बर ९ देखि पुस्तकको अनलाइन र पेपरब्याक संस्करण प्रि-अर्डरको लागि उपलब्ध गराएको थियो।

images
प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - ०६:०३:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend