Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मेरिल्याण्ड नेप्लिज भलिवल क्लब न्युयोर्कमा भएको भलिवल टुर्नामेन्टमा बिजयी, राम श्रेष्ठ मोस्ट भ्यालुएबल खेलाडी घोषित

मेरिल्याण्ड नेप्लिज भलिवल क्लब न्युयोर्कमा भएको भलिवल टुर्नामेन्टमा बिजयी, राम श्रेष्ठ मोस्ट भ्यालुएबल खेलाडी घोषित

नेप्लिज डायस्पोरा

५, आश्विन २०७७
images
मेरिल्याण्ड नेप्लिज भलिवल क्लब न्युयोर्कमा भएको भलिवल टुर्नामेन्टमा बिजयी, राम श्रेष्ठ मोस्ट भ्यालुएबल खेलाडी घोषित

 

रिजउड नेपाली सोसाईटी अमेरिकाले आयोजना गरेको भलिबल टुर्नामेन्टमा मेरिल्याण्ड राज्यको मेरिल्याण्ड नेप्लिज भलिवल क्लब विजयी भएको छ।


न्युयोर्कमा सेप्टम्बर १९ र २० मा भएको प्रतियोगितामा अमेरिकाका १३ टिमले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा न्युयोर्कको सिन्धु टिम उपबिजेता भएको छ। विजेता प्रथम टिमले ३५ सय डलर पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगीतामा मेरिल्याण्ड नेप्लिज भलिवल क्लबका राम श्रेष्ठ मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका थिए भने सोहि टिमका मनिष बानियाँ बेष्ट डिफेन्डर घोषित भएका थिए। राम श्रेष्ठ नेपालका राष्ट्रिय स्तरका भलिबल खेलाडी हुन्। 

यो टिमको खेलको आफु फ्यान नै भएको बताउदै उनीहरुको विजयले मेरिल्याण्डका नेपालीलाई धेरै नै खुशी दिएको साथी बाल्टिमोरका रमेश भट्टले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए।

 

2.jpg

images
प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - ०६:५५:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend