एनआरएनए अमेरिकाले आयोजना गर्न लागेको महिला राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको गैर आवासीय नेपाली संघ, अमेरिकाकी महिला संयोजक तथा आयोजक समितिकी संयोजक दिक्षा बस्नेत बताउनु भएको छ।
यस सम्मेलनमा महिला सशक्तीकरण, प्रवासमा नेपाली महिलाको अवस्था, एनआरएन अभियानमा महिला, एनआरएनए अभियानमा युवाको सहभागिता र अवस्था, एनआरएनएमा महिलाको सहभागिता हिजो, आज र भोलि जस्ता तमाम राष्ट्रिय, अन्तर्राष्ट्रिय र एनआरएन अभियानसँग अन्तर सम्बन्धित विषयमा छलफल हुने बताईएको छ।
एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डे र महिला संयोजक तथा आयोजक समितिकी संयोजक दिक्षा बस्नेतले एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै यो जानकारी दिनु भएको हो।
संयुक्त बिज्ञप्ति जस्ताको तस्तै
२३, सेप्टेम्बर २०२०
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार तथा सञ्चारकर्मी मित्रहरू सम्पूर्णमा नमस्कार ।
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा सेप्टेम्बर २६, २०२० शनिवारका दिन महिला राष्ट्रिय सम्मेलन हुन लागेको यहाँहरूमा जानकारी गराउन चाहन्छौँ । यो सम्मेलन एनआरएनए अभियानकै पहिलो ऐतिहासिक राष्ट्रिय महिला सम्मेलनको रूपमा रहने सुनाउन पाउँदा हामी हर्षित छौँ । एनआरएनए अमेरिकाले गरेको यो सम्मेलन अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी रहने हाम्रो विश्वास रहेको छ ।
यस सम्मेलनका क्रममा महिला सशक्तीकरण, प्रवासमा नेपाली महिलाको अवस्था, एनआरएन अभियानमा महिला, एनआरएनए अभियानमा युवाको सहभागिता र अवस्था, एनआरएनएमा महिलाको सहभागिता हिजो, आज र भोलि जस्ता तमाम राष्ट्रिय, अन्तर्राष्ट्रिय र एनआरएन अभियानसँग अन्तर सम्बन्धित विषयमा छलफल हुनेछ । सम्मेलनका क्रममा हुने विभिन्न विषयगत सेमिनारका लागि विषयगत विज्ञहरू पेनालिष्टको रूपमा रहनुहुनेछ । सो सम्मेलनको क्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, बागमति प्रदेशको पहिलो गभर्नर तथा समाज सेवी अनुराधा कोइराला, अधिकार कर्मी तथा संयुक्त राष्ट्र संघ अन्तर्गत जनसंख्या कोषको उच्चस्तरीय आयोग सदस्य एवं राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरूपण समितिकी उपाध्यक्ष बन्दना राणा, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापा, महिला संयोजक भोमा लिम्बु, निवर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, निवर्तमान सचिव जानकी गुरुङ, अमेरिकाज क्षेत्रिय महिला संयोजक उमा कार्की लगायत महिला अधिकार कर्मीहरू, एनआरएनए अभियानसँग जोडिएका अभियन्ताहरू एवं अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ ।
यसैबिच, यस प्रेस विज्ञप्ति मार्फत गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका सदैव महिला वर्गको सम्मान, समान सहभागिता र महिला सशक्तीकरणको पक्षमा रहेको पनि सबैमा अनुरोध गर्न चाहन्छौँ । संघको आयोजनामा हुने हरेक कार्यक्रमहरूमा महिलाको प्रभावकारी सहभागिता र उपस्थिति प्रति संघ सधैँ गम्भीर रहँदै आएको पनि यहाँहरू मार्फत सम्पूर्ण गैर आवासीय नेपालीमा जानकारी गराउन चाहन्छौँ । साथै गत जुलाई ३-५ सम्म सम्पन्न संको बार्षिक साधाराण सभा पस्चात गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका को आयोजनामा यो दोश्रो ठुलो सभा सम्पन्न हुन गईरहेको समेत सबैमा जानकारी गराईन्छ ।
धन्यबाद!
दिक्षा बस्नेत
महिला संयोजक
गैर आवासीय नेपाली संघ, अमेरिका
पशुपती पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ, अमेरिका