Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

न्याकद्वारा बडादशैँको शुभकामनासहित नि:शुल्क जमरा वितरण गरिने, जमरा अर्डर गर्न समुदायलाई अनुरोध !

न्याकद्वारा बडादशैँको शुभकामनासहित नि:शुल्क जमरा वितरण गरिने, जमरा अर्डर गर्न समुदायलाई अनुरोध !

नेप्लिज डायस्पोरा

१२, आश्विन २०७७
images
न्याकद्वारा बडादशैँको शुभकामनासहित नि:शुल्क जमरा वितरण गरिने, जमरा अर्डर गर्न समुदायलाई अनुरोध !


समाचारदाता ।


भर्जिनिया। नेपाली अमेरिकन सामुदायिक केन्द्रले बडादशैमा स्थानीयबासी सदस्यहरुको सुविधाको लागि गुरूहरुबाट मन्त्रणा गरिएका जमरा वितरण गर्ने भएको छ ।


डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि जमरा उपलब्ध गराउन बडादशैँ २०७७ को अबसरमा यही अक्टोबर १७ तारिख, शनिवार पण्डित गुरुहरुबाट वैदिक विधिपूर्वक घटस्थापना गरी नवदुर्गा अवधिभर पूजा आराधना गरिने भएको छ ।


यसैगरी २५ तारिख आईतबारको दिन नवदुर्गाको पूजापछि निशुल्क रुपमा जमरा बितरण गरिने जानकारी न्याक संस्कृति एवं हेरिटेज समितिका संयोजक अरूण रुपाखेती र ज्यो. पं. राजेन्द्र खनालले न्याकको तर्फबाट जानकारी दिनु भएको छ ।


बडा दशैँको अवधिभर प्रत्येक दिन विहान ७ देखि ९ बजे सम्म पूजा आराधना तथा सप्तशती पाठ गरिने र सप्तमीको दिन बेलुका फूलपाती भित्र्याउने कार्यक्रम रहेको जानकारी गुरू राजेन्द्र खनालले दिनु भयो ।


अक्टोबर २५ तारिख दशमीको दिन विहान हुने नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम र अन्य दिनहरुमा हुने दुर्गा भवानीको पूजामा प्रत्यक्ष दर्शनका लागि कोभिड-१९ को कारण सम्पूर्ण श्रदालु महानुभावहरुलाई आह्वान गर्न नसके पनि पूजा गरिएको पवित्र जमरा भने उपलब्ध गराउने प्रतिबद्धता न्याकले गरेको छ।
नर्देन भर्जिनियामा नेपाली सामुदायिक तथा साँस्कृतिक केन्द्र निर्माणका लागि लगाईएको सप्ताहमा जनसमुदायको अपार सफलता र सहयोग मिलेर सामुदायिक भवन किन्न सफल भएकोमा समुदायको उच्च मुल्याङ्कन गर्दै सम्पूर्ण न्याकले दशैं तिहार, छठ लगायतका अवसरहरुमा समुदायमुखी विषेश कार्यक्रमहरु पनि गर्ने भएको छ ।
न्याकले ठूलो तथा सानो ट्रेमा जमरा राख्नको लागि अक्टोबर १७ तारिखको बिहानसम्म तलका नम्बरहरुमा वा अनलाईन मार्फत वा न्याकको ईमेलमार्फत अर्डर दिन पनि अनुरोध गरेको छ ।


कार्यक्रम समय तालिका र सम्पर्क:


जमरा राखिने समय :


1. अक्टोबर १७ तारिख विहान घटस्थापनाको दिन नबदुर्गा पूजा तथा जमरा आरम्भ बिहान ७ बजेदेखि ९ बजेसम्म।
2. अक्टोबर २२, २०२० फूलपातीको दिन फूलपाती भित्र्याउने बेलुका ५.३० बजे देखि ७ बजेसम्म
3. अक्टोबर २३, २०२० महाअष्टमी विशेष पूजा बिहान ‪७ बजे‬ देखि ९ बजेसम्म, साँझ : मालसिरी भजन किर्तन बेलुका ७:००देखि ०९:००बजेसम्म
4. अक्टोबर २४, २०२० शनिवार महानवमी विशेष पूजा बिहान ‪७ बजे‬ देखि ९ बजेसम्म,
5. अक्टोबर २५ रविबार दशमीको दिन देवी विसर्जन तथा जमरा बितरण बिहान 10 बजेदेखि १२ बजेसम्म ।
6. अक्टोबर २५ तारिख: टीकाको कार्यक्रम विहान ‪१० बजे‬ ।
7. जमरा वितरणको कार्यक्रम अक्टोबर 25 र २६ तारिख विहान ‪१० बजे‬ मनासस स्थित न्याक भवनबाट गरिने भएकोले समयमै आईपुग्नु अनुरोध गरिएको छ।


जमरा वितरणको लागि ठेगाना


‪10501 Balls ford Rd Manassas VA 20109 ‬
थप जानकारीका लागि संपर्क
१. अरुण रूपाखेती - ‭‪(703) 909-7123‬‬
२. राजेन्द्र खनाल ‪703-870-6480‬
(न्याक महिला समुह )
४. सुनिता खत्री ‪(703) 727-3067‬
५. सीता काफ्ले ‪(703) 975-0997‬
६. कल्पना सत्याल ‪(571) 334-2877‬
६. विना खड्का लामा ‪(703) 901-6508‬
७. सुनिता सुवेदी ‪(703) 229-3516‬
आयोजक :
नेपाली अमेरिकन सामुदायिक केन्द्र, परिवार

images
प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - ०९:१९:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend