Logo

शुक्रवार, आश्विन २ गते २०८३   |   2026 September 18

images

images

म्याग्दी समाज अमेरिकाद्वारा बाढीपीडितका लागि १० लाख ३० हजार सहयोग

म्याग्दी समाज अमेरिकाद्वारा बाढीपीडितका लागि १० लाख ३० हजार सहयोग

नेप्लिज डायस्पोरा

१८, भाद्र २०८३
images
म्याग्दी समाज अमेरिकाद्वारा बाढीपीडितका लागि १० लाख ३० हजार सहयोग

म्याग्दी समाज अमेरिकाले रसुवा लगायतका जिल्लामा महाविपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १० लाखभन्दा बढी सहयोग गरेको छ । समाजले बाढीबाट विस्थापितको पुर्नस्थापनामा सरकारलाई सघाउन १० लाख ३० हजार सहयोग गरेको उपाध्यक्ष जगत घिमिरेले बताउनुभयो । ‘नेपालको विपत्तीले हामीलाई धेरै पीडा दिएको छ, सानो सहयोग पठाएर पीडितसँगै भएको सन्देश प्रवाह गरेका छौ’ उपाध्यक्ष घिमिरेले भन्नुभयो ।

IMG_5207.webp

 

विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको अध्यक्ष कमल भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीले घाइतेहरूको उद्धार तथा उपचार र प्रभावित क्षेत्रको पुनर्निर्माणमा सबैले हातेमालो गर्नु पर्ने अध्यक्ष भण्डारीको भनाई छ । 

समाजले सदस्य, शुभेच्छुक तथा विभिन्न दाताहरूबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, नेपाल सरकारमा जम्मा गरेको हो।यस अभियानले प्रवासमा रहेका नेपाली समुदायको सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र एकताको उदाहरण प्रस्तुत गरेको समाजले जनाएको छ ।

 

बेनीअनलाइनबाट

 

 

images
प्रकाशित मिति :भाद्र १८, २०८३ बिहिवार - १९:४५:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend