आज सम्पन्न गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का पदाधिकारीको संयुक्त अनलाइन बैठकले आउदो श्री पन्चमीका दिन उन्नाइस बर्ष मुनिका गैरआवासीय नेपाली युवाहरू बिच अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।
बिजयी प्रथम हुने युवा कविलाई रु १ लाख र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने त्यसै गरिद्वितीय हुनेलाई ५० हजार, तृतीयलाई २५ हजार र अङ्ग्रेजी बिधा तर्फका उत्कृष्टलाई २५ हजार र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।
कार्यक्रम आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्बज्ञ वाग्ले (अमेरिका) र सदस्यहरु महेश्वर पन्त (अमेरिका), तिर्थ सङ्गम राई (कतार), डा. केशव शर्मा(अस्ट्रेलिया), बिमला निरौला (अमेरिका),गणेश खडका(अफ्रिका), गिरिजा गैह्रे (जापान), बिष्णु माया बिभु (नर्वे) र महता घिमिरे चापागाईं(अस्ट्रेलिया) रहनु भएको छ ।
त्यसै गरि समितीको सल्लाहकारमा प्रा. डा. हेमनाथ पौडेल (नेपाल प्रज्ञा प्रतिस्ठान) , गैरआवासीय नेपाली संघका भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहनु भएको छ ।
बैठकमा अनेसासका अन्तर्राष्ट्रिय समितीका अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोबर्द्दन पुजा, महासचिव सर्बज्ञ वाग्ले लगाएत पदाधिकारीहरु र एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापा, उपाध्यक्षहरु महेश्वर पन्त, हरि पौडेल, बेलुकाजी थापा, सदस्य सचिव भगवती बस्नेत लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि आगामी दिनहरूमा संयुक्तरुपमा कार्यक्रमहरु गर्द लैजाने समेतमा छलफल गरेको थियो ।