एनआरएनए दिवसको शुभ अवसरमा एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले प्रवासमा रहेका सबै नेपालीहरुलाई शुभकामना ब्यक्त गर्नु भएको छ।
साहले फेसबुक मार्फत उक्त शुभकामनामा ब्यक्त गर्नु भएको हो।
साहले आफ्नो शुभकामनामा "एनआरएन डे को अवसरमा गैर आवासीय नेपालीले चाहेको नागरिकता निरन्तरताको मुद्दा, दोहोरो कर प्रणालीको अन्त्य जस्ता विषयमा छिट्टै सफलता प्राप्त हुन सकोस् हार्दिक शुभेच्छा सहीत त्यस अभियानमा सक्रियता पूर्वक लाग्न गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् समक्ष आग्रह गर्न चाहन्छु ।" भन्नुभएको छ। ।
अध्यक्ष साहको शुभकामनामा
विश्वभर रहनुभएका समस्त गैर आवासीय नेपाली आमा–बुबा, दाजु–भाई तथा दिदी–बहिनीहरुमा एनआरएन डे को अवसरमा हार्दिक बधाई सहीत मंगलमय शुभकामना व्यक्त गर्दछु । एनआरएनए स्थापनाका संस्थापक ज्यूहरु, संस्थापक एवं पूर्व अध्यक्ष ज्यूहरु एवं स्थापनादेखि अहिलेसम्मको यो अवधिमा एनआरएन अभियानमा महत्वपूर्ण भूमिका निभाउनुहुने अभियन्ता ज्यूहरु सबैप्रति सम्मान व्यक्त गर्दछु । एनआरएन डे को अवसरमा गैर आवासीय नेपालीले चाहेको नागरिकता निरन्तरताको मुद्दा, दोहोरो कर प्रणालीको अन्त्य जस्ता विषयमा छिट्टै सफलता प्राप्त हुन सकोस् हार्दिक शुभेच्छा सहीत त्यस अभियानमा सक्रियता पूर्वक लाग्न गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् समक्ष आग्रह गर्न चाहन्छु । कोरोना कहरको यो विषय परिस्थितिमा सबै सुरक्षित बस्नुहोला भन्दै सबैको सुस्वास्थ्य र उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।
सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका