Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको मध्यपश्चिम क्षेत्रका च्याप्टरहरुको समन्वयमा 'एनआरएनए दिवस'

अमेरिकाको मध्यपश्चिम क्षेत्रका च्याप्टरहरुको समन्वयमा 'एनआरएनए दिवस'

नेप्लिज डायस्पोरा

२७, आश्विन २०७७
images
अमेरिकाको मध्यपश्चिम क्षेत्रका च्याप्टरहरुको समन्वयमा 'एनआरएनए दिवस'

अमेरिकाको मध्यपश्चिम क्षेत्रका च्याप्टरहरुको समन्वय र विस्कन्सन च्याप्टरको विशेष पहलमा 'एनआरएनए दिवस' सम्पन्न भएको छ।

विस्कन्सन च्याप्टरका अध्यक्ष टुक प्रसाद रेग्मी र क्षेत्रिय उपाध्यक्ष वुद्धि सुबेदीको सभापतित्व आयोजित भएको विशेष भर्चुअल कार्यक्रममा अमेरिकाका एनआरएनए अभियन्ताहरुको अर्थपूर्ण सहभागितामा थियो ।

कार्यक्रममा एनआरएनए एनसिसि युएसएका अध्यक्ष सुनील साह, प्रमुख संरक्षक केशव पौडेल, बरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे, महासचिव पशुपति पाण्डे, क्षेत्रिय उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, बोर्ड अफ डाईरेक्टरहरु, च्याप्टर अध्यक्षहरु र पदाधिकारीहरु, साधारण सदस्यहरुका साथै एनआरएनएलाई माया गर्ने धेरै सहभागीहरु रहनु भएको थियो ।

छोटो समयमा आयोजित उक्त कार्यक्रममा एनआरएनएले गर्नुपर्ने काम, मात्रीभुमि नेपालको लागी चाल्नु पर्ने कदम, समेट्नु पर्ने क्षेत्र र युवा तथा महिलाको एनआरएनएमा सहभागिताका सन्दर्भहरुमा व्यापक छलफल भएको थियो ।

कार्यक्रमका सहभागीहरुले यस्ता विषयहरु कार्यक्रम भर बोल्नको लागी मात्र नबनोस भन्दै सबै कुराहरुलाई व्यवहारमा उतार्नु जरुरी भएको बताएका थिए। एनआरएनए सबैको साझा संगठन हो र साझा नै बनेर अगाडी बढोस भन्ने सबैको शुभेच्छा थियो। कार्यक्रमका संचालक आरसिसि गोविन्द श्रेष्ठले गर्नु भएको थियो।

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - ०६:२१:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend