गायक रुपक डोटेलले गायिका एलिना चौंहानसंगको सहकार्यमा नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक गरेका छन् । यो गीतको गीतकार जनक रावल हुन्।
गीतमा बालापनमा गरेका भाँडाकुटी, गोठालो, मेलापात र पानी पँधेरोको सम्झनामा हराएको एक युवा जोडीको कथा भेटिन्छ।
गीतको भिडियोमाको बाल अभिनय निश्चल र निकिशाले र युवा जोडीको अभिनय रमेशचन्द सोडारी र रोली तामाङले गरेका छन।
भिडियो हेर्नुहोस