Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ह्यारी भण्डारी बाल्टिमोरमा पुन: उमेद्वार बन्ने घोषणा, २९ हजार ५ सय हजार डलर सहयोग सङ्कलन

ह्यारी भण्डारी बाल्टिमोरमा पुन: उमेद्वार बन्ने घोषणा, २९ हजार ५ सय हजार डलर सहयोग सङ्कलन

नेप्लिज डायस्पोरा

८, मंसिर २०७७
images
ह्यारी भण्डारी बाल्टिमोरमा पुन: उमेद्वार बन्ने घोषणा, २९ हजार ५ सय हजार डलर सहयोग सङ्कलन

 

मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट बिधान सभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेप्लिज डायस्पोरा लगायत बिभिन्न मिडियाले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रम मार्फत भण्डारीले सार्बजनिक रुपमा आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

महामारीको कारण परोक्ष रुपमा आयोजना भएको उम्मेदवारी घोषणाको साथै कोष वृद्धि कार्यक्रममा एकै बसाईमा २९ हजार ५ सय हजार डलर सङ्कलन भएको छ ।

भण्डारीको आगामी उमेद्वारीका लागि बाल्टिमोरका व्यवसायी ध्रुव वन्तले सहयोग स्वरूप फण्ड रेजिंग कार्यक्रमको आयोजना गर्नु भएको थियो। सोहि कार्यक्रममा भण्डारीले उक्त घोषणा गरेका हुन्।

उक्त जुम कार्यक्रममा बिभिन्न बिशेष व्यक्तिहरुले उनलाई सहयोग गर्ने घोषणा गरि कूल २९ हजार ५ सय हजार डलर संकलन गरेको जानकारी आतिथ्य गरेका व्यवसायी ध्रुव वन्तले गराएका थिए ।

सबैले पुन एक पटक भण्डारीलाई जिताउनु पर्ने भन्दै के कस्तो सहयोग गर्न सकिन्छ भन्दै आर्थिक सहयोगको साथै पूर्ण सहयोग गर्ने बताएका थिए । सबैले नेपाली समुदायका जन प्रतिनिधि हुँदा नेपाली समुदायलाई उनले गरेको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै दोश्रो पटक जिताउन लाग्नु पर्ने सबैले प्रतिबद्धता जाहेर गरेका थिए ।

भण्डारीले आफूले नेपाली समुदायलाई पनि सक्दो सहयोग गरेको र आफूले गरेका काम बारेमा संक्षेपमा प्रकाश पर्दै पुन :एक पटक सहयोग मागेका थिए ।
भण्डारी मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने पहिला नेपाली मूलका युवा हुन् ।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् ।

images
प्रकाशित मिति :मंसिर ८, २०७७ सोमवार - १८:३३:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend