अमेरिकाको न्यु योर्कस्थित रोचेष्टरको अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।
नेपालबाट आएका झा कलिलो उमेर मै डाक्टर बनेका व्यक्तिका रुपमा चिनिन्थे । उनी त्यहा रेजिडेन्ट फिजिशियनका रुपमा कार्यरत थिए ।
झाले मर्ने दिन बिहान पनि बिरामी चेक गरेका थिए। श्रीमती बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्। तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन। हामीले हाम्रा अति नै मिलनसार र सधै हाँसिरहने एक साथी गुमायौं। अस्पतालका उनका साथीहरुले गो फण्ड मिको अकाउन्टमा लेखेका छन्।
उनकी श्रीमती डेन्टिस्ट बिषयको अध्ययन गर्दैछिन ।
सुनौलो सपना बोकेर रिनधन गरेर पढेको यो परिवारमा ३ लाख डलर रिन छ ।
त्यसैले स्वर्गीय डाक्टर झाकी श्रीमतीलाई सहयोग पुगोस भनेर साथीभाईले गो फण्ड मी अकाउण्ट शुरु गरेको छन । ५ लाख डलर उद्देश्य राखेर शुरु गरिएको यो अकाउण्टमा अहिलेसम्म १ लाख ३९ हजार डलर सहयोग उठिसकेको छ ।
“सबैको सानो सानो सहयोग भयो भने उनीहरुको घाउमा मलम लाग्न सक्छ” लामो समय रोचेष्टर बसेका तर हाल बाल्टिमोरमा रहेका समाजसेवी श्याम कार्कीले नेप्लिज डायस्पोरा मार्फत सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।