Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अबको उमेद्वार सुनील साह नै हो त ?

अबको उमेद्वार सुनील साह नै हो त ?

नेप्लिज डायस्पोरा

१७, मंसिर २०७७
images
अबको उमेद्वार सुनील साह नै हो त ?

 

समाचार संगैको फ्लायर पुरै पढ्नु भयो ? नपढेको भए एकपटक पुन: पढ्नुस। झुक्किनु पर्दैन र यो समाचार तयार गर्दैगर्दा म पनि झुक्किएको छैन। हो ! यो डेढ बर्ष अगाडीको फ्लायर हो। तर अब केहि महिनापछि यहि फ्लायरमा मिति मात्र चेन्ज गरेर वर्तमान अध्यक्ष सुनील साह फेरी सामाजिक संजालमा छाउन सक्ने चर्चा शुरु भएको छ।

एनआरएनए अमेरिकाको आगामी नेतृत्व कस्ले गर्ला भनेर अड्कल भईरहंदा वर्तमान अध्यक्ष सुनील साह नै फेरी उठ्ने विषयले सर्बत्र चर्चा पाएको हो ।

एनआरएनए अमेरिकाका सदस्य बादल भुजेलले फेसबुकमा आगामी कार्यकालका लागि पनि बर्तमान अध्यक्षलाई नै दिनुपर्ने आफ्नो धारणा पोष्ट गरेपछि विभिन्न कोणबाट कमेण्टहरु गरिएका छन। कति कमेन्टमा किन उठ्ने भनेर प्रश्न गरिएका छन् भने कतिमा साह उठ्नु पर्ने धारणा राखिएका छन्। अमेरिकाको एनआरएनमा धेरै रुची, संशय, डर, शंका र उर्जा पनि संचार भईरहेको देखिन्छ।

उक्त पोष्टलाई केहीले सामान्य रुपमा लिएका छन । "बादल भुजेल उनकै मान्छे हुन, लेखे ।" एनआरएनए अभियानमा सक्रिय एक सदस्यले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए।

तर, बादल भुजेलको उक्त पोष्टले एनआरएनए भित्र केहि हल्लाखल्ला पनि सिर्जना गरेको बुझिएको छ। बिशेषगरी अध्यक्षको लागि उमेद्वारी दिने लाईनमा लागेका ब्यक्तिहरु र उनीहरुका कार्यकर्ताहरु यो बिषयमा बढी चिन्तित रहेका छन्। केहिदिन अघिसम्म आगामी निर्वाचनमा अध्यक्ष पदका लागि अर्जुन बन्जाडे, बुद्धि सुवेदी, बिआर लामा, पशुपति पाण्डे, कृष्णजीवि पन्थ, कृष्ण लामिछाने र तिलक केसीको नाम बाहिर चर्चामा थियो।

बादल भुजेलको एउटा स्टाटसले एनआरएनए भित्रको गेम प्लानमा हेरफेर भएको आशंका गर्न भने सकिन्छ। भित्रभित्रै केहि भएको छ भनेर अनुमान लगाउन सकिन्छ। तर यो भित्रि खेल कति टाढा जान्छ वा कसलाई के असर पर्छ त्यो अहिले नै भन्न सकिन्न।

अध्यक्ष साहले केहि दिन अगाडीसम्म आफु आईसिसिमा जान चाहेको ईच्छा आफ्ना निकटका साथीहरुसंग सुनाउने गरेको बुझिएको छ। तर अमेरिकाबाट आईसिसिमा धेरै उमेद्वार हुन् सक्ने देखेपछी साहले सुरक्षित उपाए लिन खोजेको अनुमान पनि गर्न थालिएको छ। अध्यक्ष साह डाक्टर केशव पौडेल जस्तै दोस्रो कार्यकालको लागी अगाडी बढ्न सक्ने सम्भावना अहिलेलाई यथावत नै रहेको कुरालाई नकार्न सकिदैन।

भुजेलको पोष्टपछिका दुई दिनमा अमेरिकामा तिनवटा ठुला बैठक र छलफल भैसकेको समाचार नेप्लिज डायस्पोरालाई प्राप्त भएको छ। दुईदिन अगाडीसम्म सिधा र सरल रुपमा चलेको एनआरएनए अमेरिकाको आगामी निर्वाचनको अभियानमा केहि हलचल पैदा भएको छ।

यता, बादल भुजेलले भने आफुले आफ्नै मनको कुरा लेखेको बताए । बादलले भने, "मलाई कसैले लेख्न लगाएको होइन। दुई बर्ष उहाँको कार्यकाल सफल रहेको मैले महशुश गरेर त्यो पोष्ट गरेको हुँ।" भुजेल एनआरएनए अमेरिकाका सल्लाहकार समेत हुन्। 

आफ्नो नाम चर्चामा आएको बिषयमा अध्यक्ष सुनील साह भन्छन, "बादलजी मात्र हैन धेरैले मसंगै भनेका छन । तर मैले त भनेको छैन नी !"
उनले थपे, "म अझै बाकी छ महिनालाई कसरी राम्रो काम गर्ने भन्नेमा छु । बाकी त सदस्यहरुको चाहना अनुसार चल्ने हो । सदस्यहरुले तय गर्नेको हो।”

यो साता सुनील साहको चर्चा चुलिएपछि एनआरएनए अमेरिकामा दिलचस्प मानिसहरुको मनमा एउटा प्रश्न कांडा झै बिझेको छ - के अबको उमेद्वार सुनील साह नै हुन् त ?

Screen Shot 2020-11-29 at 7.26.59 PM.png

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - ००:१५:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend