Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकाको जनसम्पर्क समितिद्वारा कांग्रेसको आन्दोलनलाई पूर्ण समर्थन

अमेरिकाको जनसम्पर्क समितिद्वारा कांग्रेसको आन्दोलनलाई पूर्ण समर्थन

नेप्लिज डायस्पोरा

२७, मंसिर २०७७
images
अमेरिकाको जनसम्पर्क समितिद्वारा कांग्रेसको आन्दोलनलाई पूर्ण समर्थन

नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्नो मातृ पार्टी नेपाली कांग्रेसले देश ब्यापी आयोजना गरेको सरकार बिरुद्धको आन्दोलान र प्रदर्शनमा पूर्ण साथ र समर्थन रहेको सार्बजनिक गरेको छ |

समितिका उपसभापति एवं सुचना तथा प्रचार प्रसार विभाग प्रमुख अनन्तराज सुवेदीले शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गरेर यो जानकारी सार्बजनिक गरेका हुन् |


सुवेदीद्वारा जारी बिज्ञप्तिमा सरकारले आफ्ना नेता रामचन्द्र पौडेलमाथि गरेको धरपकको बिरोध गर्दै अति होइन अत्याचारली सीमा नाघेको उल्लेख गरिएको छ | एउटा कम्युनिष्ट सरकार दण्डहीनताको पराकाष्ठामा रहेको र अर्को कम्युनिष्ट ब्यक्ति हत्यामा हिडेकोमा भन्दै कांग्रेस जुर्मुराउनुको बिकल्प नभएको बताईएको छ |
हेर्नुहोस बिज्ञप्ति

विभत्स हत्याको विरोध तथा विरोध कार्यक्रमलाई पूर्ण समर्थन
—————————————————————-

आततायी नेकपा विप्लव समूहद्वारा गरिएको मोरंग मिक्लाजुंगका शिक्षक राजेन्द्र श्रेष्ठको विभत्स हत्याको नेपाली जनसम्पर्क समिति अमेरिका घोर भर्त्सना गर्दै त्यस जघन्य अपराधमा संलग्न अपराधीहरूलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछ ।

झण्डै दुई तिहाईको सरकारले देसमा शान्ति सुव्यबस्था कायमगरी ,संबिधानको पुर्णकार्यन्वयन गरी तिव्रगतिमा देस बिकास गर्ने नेपाली जनताको आकाक्षालाई उल्टो गतिमा सरकार चल्दा देसका नागरीक मात्र नभई विश्वनै आश्चर्यमा परेकोछ।

हत्या हिंसा बलत्कारी गुण्डागर्दी अपहरण भष्ट्रचारीहरूलाई संरक्षण गर्दै नाकमा लागेको कालो नै नदेख्नेगरी अझै लाज पचाउदै सरकारको नाईके प्रधानमन्त्रिले यो सरकारले भष्टचारीलाई देख्नै सक्दैन भन्नुले आम नेपलीलाई अर्को आश्चर्य चकित पारेको छ।

देशमा हुने हरेक घट्नालाई ढाकछोप गर्न र जनताको ध्यान अन्तै मोड्नको लागि चाटुकार रूपमा तत्कालै अर्को किर्तिम घटनाहरू देखाउन यो सरकार पुर्ण सफल भएको देखिन्छ।

अझै यो सरकारका नेतृत्व गरीरहेका प्रधानमन्त्रि के पी ओलीले नेपाली प्रजातान्त्रिक आन्दोलनमा लामो समय यातना पाउने जिउदो मध्येका सरल र त्यागि नेता रामचन्द्र पौडेललाई आफ्नै गृह जिल्लामा प्रसासन लगायर एउटा सामान्य पुलको उद्घाटन गर्नमा रोक मात्र लगाएनकी पौडेल जस्तो नेतालाई लछारपछार गर्दै नियन्त्रणमा लिई थुन्ने सम्मको हर्कत देख्दा यो सरकार प्रजातन्त्र शासन व्यबस्थालाई पुर्ण रूपमा खिल्ली उडाउदै निरंकुस कम्युनिष्ट सासन ब्यवस्थातिर उन्मुख भएको महसुस हुदैछ।

यस्ता अनेकौ घट्नाहरू हुदा पनी नेपाली काग्रेस एवं प्रमुख प्रतिपक्षदलका नेताहरूले सहिण्णुता सरकारलाई सुध्रन र जनता र देसको हितमा काम गर्नको लागि अभिप्रेरीत गर्दै आयको सर्वबिधितै छ । अति हाईन अत्याचार नै हुन थालेपछी निकम्मा ओली सरकारको भ्रष्टाचार, अन्याय, बेथिति र प्रतिगमनका विरूद्ध नेपाली काग्रेस विरोध कार्यक्रमहरू सार्वजनिक गरेको छ।यही मंसीर २९ गते मुलुकका ७७ जिल्लामा नै आयोजना गरेको विरोध कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउॅंदै नेपाली जनसम्पर्क समिति अमेरिका कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछ ।

जय नेपाल !
अनन्तराज सुवेदी
उपसभपति
एवं
सुचना तथा प्रचार प्रसार विभाग प्रमुख
नेपाली जनसम्पर्क समिति अमेरिका

images
प्रकाशित मिति :मंसिर २७, २०७७ शनिवार - ०९:४३:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend