Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनएको सदस्य बन्न अध्यक्ष सुनील साहको सबैलाई अनुरोध

एनआरएनएको सदस्य बन्न अध्यक्ष सुनील साहको सबैलाई अनुरोध

नेप्लिज डायस्पोरा

१०, पौष २०७७
images
एनआरएनएको सदस्य बन्न अध्यक्ष सुनील साहको सबैलाई अनुरोध

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले एनआरएनएको सदस्य बन्न सबैलाई अनुरोध गर्नुभएको छ। साहले आफ्नो फेसबुकमा स्टाटस राख्दै यस्तो अनुरोध गर्नुभएको हो।


"सदस्यता सधै खुल्ला छ, त्यसैले यो प्रक्रियामा सक्रिय सहभागी हुन सबैलाई अनुरोध गर्दछु।" अध्यक्ष साहले भन्नुभएको छ।


अध्यक्ष साहले पोष्ट गर्नु भएको फेसबुक स्टाटस :


आदरणीय अमेरकाबासी गैर आवासीय नेपाली आमा– बुबा, दाजु –भाई, दिदी–बहिनीहरु सम्पूर्णमा नमस्कार ।

नेपाल बाहिर बस्दैं आएका हामी गैर आवासीय नेपालीको साझा, प्रतिनिधिमुलक एवं गर्व गर्न सक्ने संस्थाको रुपमा गैर आवासीय नेपाली संघ रहेको तपाई हामी सबैलाई जानकारी रहेकै छ । संघको राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नयाँ सदस्यता वितरण, नविकरण, आजिवन सदस्यता वितरणका लागि संघको वर्तमान कार्यसमितिले दु्रत गतीमा कार्य अघि बढाइरहेकोबारे यहाँहरु जानकार नै हुनुहुन्छ ।

हुनत: संघको विधानले व्यवस्था गरेको सदस्यता सम्बन्धी प्रावधान पुरा गरी सदस्य बन्न सक्ने योग्यता पुग्ने गैर आवासीय नेपालीले संघको सदस्य बन्नका लागि निश्चित समय कुरिराख्नु पर्दैन । यो निरन्तरको प्रक्रिया हो । तर पनि संघले यतिखेर सदस्यता वृद्दि, नविकरण, आजिवन सदस्यता वृद्दिलाई विशेष महत्व दिएर अभियान नैं संचालन गरिरहेको छ ।

संघलाई विधि, पद्दती र संस्थागत ढंगवाट अघि बढाउनका लागि संघको विधानले निदृष्ट गरेको निर्वाचन प्रक्रियालाई प्राथमिकतामा राखी प्रत्येक नयाँ कार्यसमिति चयन हुनुअघि त्यस कार्यसमिति चयन गर्न मतदानमा भाग लिन पाउने सदस्यहरुको सुनिश्चितता गर्नुपर्ने हुन्छ । त्यसै पक्षलाई ख्याल गरी अव आउने वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि सदस्यता वितरण, नविकरण र आजिवन सदस्यता वितरणको कार्य दु्रत गतीमा भैरहेको छ । यस कार्यमा जुटिरहनुभएका राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा बोर्डका साथीहरु, संरक्षक ज्यूहरु, सल्लाहकार ज्यूहरु, अमेरिकावाट एनआरएनए आइसिसीमा प्रतिनिधित्व गर्नुभएका आइसिसी पदाधिकारी, सदस्य, मानार्थ सदस्य एवं सल्लाहकारहरु, विभिन्न कमिटि तथा टास्क फोर्सका साथीहरु, च्याप्टरका साथीहरु, पत्रकार मित्रहरु, अन्य सामाजिक संघ संस्थाका साथीहरु एवं समस्य एनआरएनए अभियन्ताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । तपाई हामी सबैको साझा प्रयासले फेबु्रअरी १५, २०२१ अघि धेरै भन्दा धेरै अमेरिकामा रहनुभएका एनआरएनहरुलाई सदस्यको रुपमा संघको छाताभित्र गोलबन्द गर्न सकिनेमा म विश्वस्त छु ।


र अन्त्यमा, म विगतको कार्यकालमा सदस्य बनिसक्नुभएकाहरुलाई नविकरण गर्नुहुन र नबनिसक्नुभएकाहरुलाई सदस्य बन्नका लागि अनुरोध गर्दछु । अमेरिकामा सक्रिय अन्य संघ संस्थाहरुको समेत यस कार्यमा सहयोगी भूमिका हुनेछ भन्ने विश्वास राखेको छु । संघको सदस्य बन्ने क्रममा प्राविधिक जटिलता लगायत केही समस्या परेको खण्डमा मेम्वरसिप ड्राइभ कमिटीका साथीहरु, बोर्डका पदाधिकारी तथा बोर्डका साथीहरु, च्याप्टरका साथीहरुलाई सम्पर्क गर्नुहन म विशेष अनुरोध गर्दछु ।


मेम्वरसिप ड्राइभलाई सहज बनाउनका लागि संघले हटलाइन नम्बर ८४४–६७६–२८७२ एक्सटेन्सन २ को व्यवस्था समेत मिलाएको छ । साथै
[email protected]
ईमेल ठेगाना मार्फत पनि सम्पर्क गर्न सकिने छ ।


जय एनआरएन । जय एनआरएनए अमेरिका ।


सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - ०७:०८:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend