Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाका नेपाली फिजिसिस्टहरुले विन्टर वर्कशप - २०२० सम्पन्न गरे

अमेरिकाका नेपाली फिजिसिस्टहरुले विन्टर वर्कशप - २०२० सम्पन्न गरे

नेप्लिज डायस्पोरा

१६, पौष २०७७
images
अमेरिकाका नेपाली फिजिसिस्टहरुले विन्टर वर्कशप - २०२० सम्पन्न गरे

'असोसिएसन अफ नेपाली फिजिसिस्ट इन अमेरिका-एन्पा' ले एन्पा विन्टर वर्कशप - २०२० सम्पन्न गरेको छ।

कार्यशालाको पहिलो सत्रमा औध्योगिक क्षेत्रमा रोजगारीको खोज कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै, कार्यशालाको अर्को आकर्षक सत्र शैक्षिक क्षेत्रमा अनुसन्धानको लागी अनुदान लेखनको विषयमा भएको थियो ।

कार्यक्रमपछि एन्पाद्वारा जारी बिज्ञप्ति यसप्रकार छ:

डिसेम्बर २८, २०२०

प्रेस रिलिज

अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था असोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) ले समय अनुकुल विभिन्न शैक्षिक तथा व्यवशायिक महत्त्व का कार्यक्रमहरु गर्दै आएको छ । सोहि क्रमलाई निरन्तरता दिदै संस्थाले भर्खरै "एंपा विन्टर वर्क शप (AWW)- २०२०” नामक दुई दिने हिउदे कार्यशाला सम्पन्न गरेको छ।

यहि डिसेम्बर २६ र २७ का दिन आयोजना गरिएको उक्त कार्यशाला मुख्यत: औध्योगिक क्षेत्रमा जागिरका अवसरहरु, औध्योगिक क्षेत्रको रोजगारीमा कसरि उन्नति गर्ने, र अनुसन्धानका लागि अनुदान प्रस्ताव कसरी लेख्ने भन्ने विषयहरुमा केन्द्रीत थियो। एन्पाद्वारा आयोजित यो कार्यशालामा अमेरिकाका विभिन्न विस्व विद्यालय मा अनुसन्धान तथा अध्यापन रत प्राध्यापकहरु, विभिन्न अनुसन्धान मुलक संस्थाहरु तथा उद्योगहरुमा कार्यरत बैज्ञानिकहरु र बिद्यार्थीहरु को उल्लेखनिय सहभागिता थियो।

कार्यशालाको पहिलो सत्रमा औध्योगिक क्षेत्रमा रोजगारीको खोज कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । न्युयोर्क स्थित ग्लोबल फ़ाउण्ड्रिज मा वरिष्ठ बैज्ञानिक को रुपमा कार्यरत डा. चुडामणी गैरे द्वारा सहजीकरण गरिएको उक्त सत्रमा डा. गैरे का साथै डा. लेखनाथ भुषाल, डा. राजन धौवाडेल र डा. गिरिराज जोशिले प्रस्तोता (प्यानलिष्ट) को रुपमा आ-आफ्नो अनुभव र विचार प्रस्तुत गर्दै यस क्षेत्रमा आउन चाहने युवा हरु लाई महत्वपूर्ण सुझाव दिनु भएको थियो।


त्यस्तै कार्यशालाको दोस्रो सत्र ब्रुकलिन कलेज का डा. मिम लाल नकर्मीले सहजीकरण गर्नु भएको थियो जस्मा इन्टेल कर्पोरेसनका मुख्य बैज्ञानिक डा. जगत शाक्यले औध्योगिक क्षेत्रको रोजगारीमा समय अनुसार आफुलाई कसरी अद्यावधिक गर्दै टिकी राख्ने, प्रगति गर्ने, र पेशागत जीवनलाई कसरी सन्तुलित राख्न सकिन्छ भन्ने विषयमा आफ्नो व्यक्तिगत अनुभव र सुझावहरु प्रस्तुत गर्नु भएको थियो।

कार्यशालाको अर्को आकर्षक सत्र अनुसन्धानको लागी अनुदान प्रस्ताव लेखनको विषयमा थियो । यस सत्रको सहजीकरण बिंगह्यम्टन युनिभर्सिटीमा कार्यरत डा. तारा ढकालले गर्नु भएको थियो भने डा. माधव न्यौपाने, डा. वेद पौडेल, डा. प्रेम चापागाई र डा. परशु खरेल प्रस्तोताको रुपमा (प्यानलिस्ट) हुनुहुन्थ्यो । प्रस्तोता हरु ले नेसनल साइन्स फाउन्डेसन, नेसनल एन्स्तिच्युट अफ हेल्थ, डिपार्टमेन्ट अफ इनर्जी, डिपार्टमेन्टअफ डिफेन्स जस्ता अनुदान एजेन्सिहरुका लागि अनुदान प्रस्ताव लेख्ने तरिकाहरु, आइपर्ने अवरोधहरु र त्यसका निवारणका उपायको बारेमा आ-आफ्नो विचार र अनुभव व्यक्त गर्नु भएको थियो।

 

पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - ०७:४१:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend