गैर-आवाशीय नेपाली संघ अमेरिकाको बिज्ञान, प्रबिधि तथा नवप्रबर्धन समितिले नेपाली भाषी बालबालिकाका लागी आयोजना गरेको ड्रिम बिग च्यालेन्ज (Dream Big Challenge) प्रतियोगितामा हाई स्कुलतर्फ सौगात पराजुली, मिडल स्कुल तर्फ श्रेयस श्रेष्ठ र ईलिमेन्ट्री तर्फ प्रमिथस त्रिपाठी प्रथम भएका छन्।
प्रतियोगितामा बिद्यार्थीहरुले १० लाख अमेरिकी डलर ऋण सहयोग पाएको खण्डमा आफुले गर्न छानेको र सक्ने उद्दमशिलता सम्बन्धि सुन्दर सपना देखाउदै उक्त परिकल्पना तथा विचारलाई मुर्तरुप दिनको लागि आवश्यक पर्ने आर्थिक तथा अन्य योजनाहरु दुइ चरणमा प्रस्तुत गरेका थिए।
गैर-आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, अमेरिकाको बिज्ञान, प्रबिधि तथा नवप्रबर्धन समितिले अमेरिकामा माध्यमिक तहसम्म अध्ययन गर्ने नेपाली बिद्धार्थीहरुका लागि ड्रिम बिग च्यालेन्ज प्रतियोगिता आयोजना गरेको थियो ।
त्यसैगरी हाई स्कुलतर्फ प्रशंशा घिमिरे द्वितीय र अमिश पाण्डे तृतीय भएका छन्। मिडल स्कुलतर्फ शुभम साह द्वितीय र बिशेष पोख्रेल तृतीय भएका छन्। ईलिमेन्ट्री तर्फ स्नेही पोख्रेल द्वितीय र सोफी घिमिरे तृतीय भएका छन्।
गैर आवाशीय नेपाली संघ अमेरिकाको बिज्ञान, प्रबिधि तथा नवप्रबर्धन समितिका अध्यक्ष तथा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्को (UCSF) का सह-प्राध्यापक डा. तारा सिग्देलको संयोजकत्वमा भएको उक्त प्रतियोगतामा बिद्यार्थीहरुलाई प्रार्थमिक, निम्न-माध्यमिक तथा माध्यमिक तहका बिभाजन गरि छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो।
प्रथम, द्वितीय र तृतीय स्थानको लागि माध्यमिक तहमा क्रमश: १०००, ७०० र ५०० अमेरिकी डलर, निम्न माध्यमिक तहमा ७००, ५०० र ३०० अमेरिकी डलर तथा प्रार्थमिक तहका लागि क्रमश: ५००, ३०० र २०० अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरिने कुरा डाक्टर तारा सिग्देलले बताउनु भयो ।
प्रतियोगीतामा ६४ जना बालबालिकाको सहभागिता थियो। सहभागी सबैजनालाई ५० डलरका दरले गिफ्ट उपलब्ध गराईएको थियो।
कार्यक्रमका निर्णायकहरुको नामावली यसप्रकार छ :
अन्तिम चरणको प्रतिस्पर्धालाई गैर-आवाशीय नेपाली संघ अमेरिकाको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो।
गैर आवाशीय नेपाली संघ अमेरिकाका सभापति सुनील शाहले संघले अमेरिकामै बसोबास गर्ने नेपालीहरुको नयाँ पुस्तालाइ आफ्नो समुदायसंग जोड्न र उनीहरुको क्षमता वृद्धि गर्न विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको र यो कार्यक्रमले उनीहरुको प्रतिभालाई अभिवृद्धि गर्न सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो।
संघको बिज्ञान प्रबिधि र नवप्रबर्धन समिति मार्फत आयोजित उक्त प्रतियोगिताको आयोजक टिममा समितिका सह-अध्यक्ष डाक्टर राजेन्द्र पंगेनी, सतिश त्रिपाठी र राजीव श्रेष्ठ रहनुभएको छ। समितिमा सुनिल खनाल, रोसी कर्ण, माधव पाण्डे, बेनी डाँगी, लेखनाथ अधिकारी र संजय श्रेष्ठ हुनुहुन्छ।
पत्रकार सतिश चापागाईंको रचना र अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।