Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

प्रतिनिधिसभा सभामुखमा ८० बर्षीया न्यान्सी पेलोसी निर्वाचित

प्रतिनिधिसभा सभामुखमा ८० बर्षीया न्यान्सी पेलोसी निर्वाचित

नेप्लिज डायस्पोरा

२१, पौष २०७७
images
प्रतिनिधिसभा सभामुखमा ८० बर्षीया न्यान्सी पेलोसी निर्वाचित

 

आजदेखि सुरु अमेरिकाको ११७ औं संसदको प्रतिनिधिसभाले सभामुखमा ८० बर्षीया न्यान्सी पेलोसीलाई निर्वाचित गरेको छ । पेलोसी आगामी २ बर्षे कार्यकालका लागि निर्वाचित भएकी हुन् । पेलोसी विगत १७ बर्षदेखि प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टी नेता रहदै आएकी छिन् ।

अमेरिकामा प्रतिनिधि सभाको सभामुख पद वासिंटनको तेश्रो ठूलो पद हो । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको पदका रुपमा सभामुखलाई लिइन्छ । यदि अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा सभामुख नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ । अमेरिकी विदेशमन्त्री सभामुख पछिको दर्जा हो ।

आजदेखि सुरु संसद महिला, अल्पसंख्यक र समलिंगी तथा तेश्रो लिंगीहरुको सहभागिताका सन्दर्भमा इतिहासमा नै सबैभन्दा धेरै विविध छ । संसदको तल्लो सदन प्रतिनिधिसभामा निर्वाचित हुने रिपब्लिकन महिला सांसदको संख्याले पनि रेकर्ड ब्रेक गरेको छ ।

संसदमा यसपटक पहिलोको रेकर्ड समेत धेरैले कायम गरेका छन् । वासिंटन राज्यबाट प्रतिनिधिसभामा पहिलोपटक अश्वेत महिला निर्वाचित भएकी छिन् भने वायोमिंगबाट पहिलोपटक महिला सिनेटरले प्रतिनिधित्व गर्दैछिन् । त्यस्तै ओक्लोहोमाबाट पहिलोपटक इरानियन अमेरिकन सांसद निर्वाचित भएकी छिन् ।

गत नोभेम्बर ३ मा सिनेटरका लागि एकसयमध्ये ३५ सिटमा निर्वाचन भएको थियो भने प्रतिनिधिसभाका सबै सिटमा निर्वाचन भएको थियो । निर्वाचित सांसदहरुले आज सपथग्रहण गरेका छन् । नयाँ संसदको सुरुवातको मिति संविधानले नै तय गरेको छ ।

सिनेट र प्रतिनिधिसभामा केही सिटहरु भने अझै पूर्ति हुन बाँकी रहेको छ । जनवरी ५ मा जर्जियामा हुने निर्वाचनले २ जना सिनेटरको संख्या पूर्ति गर्नेछ । नोभेम्बर ३ को चुनावपछि सिनेटमा ४८ जना डेमोक्र्याट्स र ५० जना रिपब्लिकन सांसद रहेका छन् । त्यस्तै प्रतिनिधिसभामा न्युयोर्कको २२ औं डिस्ट्रिक्टबाट सांसदको संख्या पूर्ति हुन बाँकी रहेको छ । मतान्तर निकै कम भएपछि त्यहाँ अदालतले पुन मतगणनाको आदेश दिएको छ । त्यस्तै आयोवाको सेकेण्ड डिस्ट्रिक्टमा पनि झिनो मतान्तर रहेपछि विवाद रहेको छ ।

आजको प्रकृयापछि सिनेट र प्रतिनिधिसभाका सदस्यहरु जनवरी ६ मा भेट्ने छन् । जनवरी ६ मा संसदको संयुक्त सदनले राष्ट्रपतिका लागि इलेक्टोरल मतहरु औपचारिक रुपमा गणना गर्नेछ । माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ । पेन्सले अल्फावेटिकल अर्डरमा राज्यका प्रमाणपत्रहरु खोल्नेछन् । र, चारजना गणकहरु समक्ष पेश गर्नेछन् । ४ जना गणकहरु दुईजना हाउसबाट र दुईजना सिनेटबाट हुनेछन् । बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नासाथ पेन्सले विजेता घोषणा गर्नेछन् ।

यो प्रकृया संघीय कानुनले तोके अनुशार हुनेछ । च्याम्बरमा स्पीकरको कुर्सीमा माइक पेन्स बस्नेछन्, न्यान्सी पेलोसी बायातिर बस्नेछिन् भने ४ जना गणकहरु क्लर्कको डेस्कमा बस्नेछन् । संसदको यो संयुक्त सेसन गणना पूरा नहँदासम्म र परिणाम सार्वजनिक नगर्दासम्म जारी रहन्छ । चुनावको परिणाम घोषणा गरेपछि जनवरी २० मा सपथग्रहणको कार्यक्रममात्र बाँकी रहन्छ ।

इलेक्टोरल मत गणनाको बेलामा संसदमा कुनै पनि बहस र विवादलाई स्थान दिइदैन । तर परिणाम घोषणा गरिएपछि संसदका सदस्यहरुले आफ्नो भनाई राख्न सक्छन् । कुनै पनि राज्यको परिणामबारेको कुनै असहमति भएमा कम्तीमा एकजना सिनेटर र एकजना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेर लिखित रुपमा पेश गर्नुपर्छ । हरेक सांसदले एकपटकमात्र बोल्न पाउँछन् भने ५ मिनेटमा आफ्नो भनाई सक्नुपर्छ । २ घण्टापछि बहस समाप्त हुन्छ । खशोखासडटकमबाट

पत्रकार सतीश चापागाईंको मार्मिक कविता "विमानस्थलमा बा!" भिडियोमा। एकपटक अवश्य हेर्नुहोस !

 

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - ०२:१४:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend