Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा नेपाली गणितशास्त्रीहरुको सँस्थाको छैठौँ साधारण सभा

अमेरिकामा नेपाली गणितशास्त्रीहरुको सँस्थाको छैठौँ साधारण सभा

images
अमेरिकामा नेपाली गणितशास्त्रीहरुको सँस्थाको छैठौँ साधारण सभा

अमेरिकामा नेपाली गणितज्ञहरुको छाता संगठन ‘एसोसिएसन अफ नेप्लिज म्याथम्याटीसियनस् इन अमेरिका’ (ANMA) (www.anmaweb.org) को छैटौं साधारण सभा हालै सम्पन्न भएको छ।

जनवरी १०, २०२१ मा सम्पन्न भएको साधारण सभाले डा. केदार नेपालको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालको निम्ति ११ सदस्सिय कार्यसमिति गठन गरेको छ। कार्यसमितिमा डा. राम काफ्ले (उपाध्यक्ष), सुवास आचार्य (उपाध्यक्ष), डा. अशोक अर्याल (सचिव), डा. ईश्वरी कुँवर (कोषाध्यक्ष) निर्वाचित भएका छन भने अर्चना तिम्सिना, डा. बसन्ती पौड्याल, डा. बुद्दी पन्थ, डा. जनक जोशी, डा. मिलन बिमली र डा.किरण मैनाली सदस्यमा निर्वाचित भएका छन्।

नव निर्वाचित अध्यक्ष डा. नेपालले आगामी दुई बर्षको कार्यकालमा अमेरिकामा बसेका नेपाली गणितज्ञहरुको बीचमा सम्पर्क र सहकार्यलाई निरन्तरता दिँदै सँस्थाले बिगतमा गर्दै आएका गतिबिधीहरुलाई अझै परिस्कृत गर्ने, र वहाँहरु बिचमा अझै धेरै सहकार्य गर्न सकिने वातावरण बनाउन लागि पर्ने बताउनु भयो ।

गणित, तथ्यांक शास्त्र, र गणित शिक्षा जस्ता विषयहरुमा वहाँहरुसँग भएका अनुसन्धान र अध्यापनका ज्ञान र सीपहरु आदान प्रदान गरेर नेपालमा ती बिषयहरुको अध्यन, अध्यापन र अनुसन्धानलाई अझै उपयोगी र गुणस्तरीय बनाउनमा सहयोगी भूमिका खेल्न आफ्नो टीम लागि पर्ने नवनियुक्त अध्यक्ष डा. नेपालको बताउनु भयो । यसको लागि नेपाल गणित समाज लगायत देशका विभिन्न विश्वविद्यालयका सम्बन्धित शैक्षिक विभागहरुसँग सम्पर्क, समन्वय र थप सहकार्य गर्ने पनि वहाँले बताउनु भयो ।

नेपाल र नेपाल बाहिर रहेका नेपाली गणितज्ञहरु बिच गणित बिषयको अध्यन, अनुसन्धान र अध्यापनको लागि सहकार्य गर्दै नेपालमा गणित शिक्षाको स्तरोन्नतिको लागि काम गर्ने उद्देश्यका साथ सन् २०१० मा स्थापना भएको यस सँस्थाले स्थापनाकाल देखि नै नेपालमा गणितका कार्यशाला, गोष्ठी र अन्तराष्ट्रिय सम्मेलनहरु गर्दै आएको छ।

सन् २०२२ को मे महीनामा सँस्थाले नेपाल गणित समाज लगायत त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका गणित र गणित शिक्षा विभागहरुको सहकार्यमा दश दिने कार्यशाला सहित गणित सम्बन्धि चार दिने बृहत अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्न गइरहेको छ। पोखरामा हुन गइरहेको उक्त सम्मेलनमा गणितका बिभिन्न बिषयमा छ जना विश्वविख्यात अनुसन्धाता हरुले प्रवचन दिनेछन् भने अन्य धेरै मुलुकका ३०० को हाराहारीमा गणितका अध्येता, अध्यापक र अनुसन्धाता जम्मा भएर आफ्ना अनुसन्धानहरु प्रस्तुत गर्ने विश्वास संस्थाका निवर्तमान अध्यक्ष डा. केशव पोख्रेलको छ।

सम्मेलनका सह संयोजक डा. गोकर्ण अर्यालले उक्त सम्मेलनले नेपालमा रहेका गणित सम्बन्धि विषयहरुमा प्राध्यापन र अनुसन्धान गर्ने व्यक्तिहरुलाई थप हौसला दिनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा पनि ठूलो सहयोग पुर्याउने बताउनु भयो |

 

पत्रकार सतीश चापागाईंको अभिनय रहेको म्युजिक भिडियो

 

 

 

 

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - ०७:१८:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend