मेरिल्याण्ड राज्यका विधानसभा सदस्य नेपाली मूलका युवा ह्यारी भण्डारीले दशै पर्वलाई मान्यता दिलाउन अमेरिकी संसदमा प्रस्ताव पेश गरेका छन् । "प्रत्येक बर्ष अक्टुबर १४ लाई गभर्नरले दशैं स्मारक दिवसको रुपमा घोषणा गर्नुपर्ने प्रावधानका लागि विधिवत रुपमा संसदमा बिल दर्ता गरेको छ।" भण्डारीले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।
भण्डारीले फेसबुकमा लेखेका छन्, "केहिबेर अगाडी प्रत्येक बर्ष अक्टुबर १४ लाई गभर्नरले दशैं स्मारक दिवसको रुपमा घोषणा गर्नुपर्ने प्रावधानका लागि विधिवत रुपमा संसदमा बिल दर्ता गरे । यी हलहरुमा हिडेका जेफरसन र जर्ज वाशिंगटन याद आयो । लोकतन्त्र र विविधताको शक्ति सम्झे । नेपाल र सगरमाथाको याद नआउने त कुरै भएन ।"
उक्त बिलको विषयमा विभिन्न छलफल र दुवै सदनबाट पारित भएमा मात्र कार्यान्वयनमा आउनेछ ।