Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न !

अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न !

Madhuri

१६, माघ २०७७
images
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न !


२४ जनवरी २०२१
आज एक भर्चुअल कार्यक्रम मार्फत बाल शिक्षा उद्घाटन समारोह सम्पन्न भएको छ । कार्यक्रम जि .बि .एल .ओ अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा सुरेन्द्र परदेशीको प्रमुख आतिथ्यमा रहेको थियो भने देवी राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा थुप्रै समाजसेवी तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो । वरिष्ठ साहित्यकार गोबिन्द गिरि प्रेरणा , डा. भिम खतिवडा , शिक्षाविद् हेमन्त लामा, वरिष्ठ साहित्यकार डा. मधु माधुर्य श्रेष्ठ लगायत अन्य अतिथि ले नेपाली भाषा प्रतिको मोह र आवस्यकता बारे छोटो सान्दर्भिक मन्तव्य राख्नु भएको थियोे । नयाँ पुस्तालाई वैज्ञानिक तरिकाले शिक्षा दिन सके मात्र फलदायी हुने कुरा कार्यक्रममा वक्ताहरुले पेस गर्नु भएको थियो । नेपाली कक्षाका लागि आवश्यक सामाग्रीको पनि जोहो भइसकेको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रमलाई अझ ओझिलो बनाउन यदु अधिकारी र लक्कीराशिले सृजना वाचन गर्नु भएको थियोे । कार्यक्रमको अन्तिम प्रहरमा बालबालिकाहरुले केहि मौलिक गीत तथा भजन गाएका थियो । आइतबार देखि कक्षा सञ्चालन हुने र अभिभावकहरुलाई आफ्ना नानीहरूको फारम भरिदिन हुन् संस्थाका अध्यक्ष कर्ण गुरुङले अनुरोध गर्दै कार्यक्रम समापन भएको घोषण गर्नु भयो ।
साभार GBLO


पत्रकार सतीश चापागाईंको मार्मिक कविता "विमानस्थलमा बा!" भिडियोमा। एकपटक अवश्य हेर्नुहोस !

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - ०१:४४:११ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend