Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

क्यालिफोर्नियामा एनआरएनएको सदस्यता अभियानमा तिब्र

क्यालिफोर्नियामा एनआरएनएको सदस्यता अभियानमा तिब्र

नेप्लिज डायस्पोरा

१७, माघ २०७७
images
क्यालिफोर्नियामा एनआरएनएको सदस्यता अभियानमा तिब्र

 

क्यालिफोर्निया / गैर आवासिय नेपाली संघ अमेरिकाको राष्ट्रिय समन्वय परिषदले फरवरी १५ सम्ममा सद्स्यता लिन सुचना प्रकाशन गरेपछी अमेरिकाभरी सदस्यता अभियानले गती लिएको छ।

यसै क्रममा क्यालिफोर्नियामा एक जुम कार्यक्रममा एनआरएनएको सदस्यता बढाउन छलफल गरिएको समाचार प्राप्त भएको छ। भेलामा सामाजिक हीतको लागि समयमै सदस्यता बृदि अभियानलाई तिव्रता दिने बताईएको छ।

चन्द्र धिताल, उत्तम कार्की, मणी नेपाली पनेरु, पूर्ण वानिया, नारायण खनाल लगायतका एक उत्साही समूहले एनआरएनएको सदस्यतालाई व्यापक बनाउने प्रयास स्वरुप सो जुम भेला आयोजना गरेका हुन। सामाजिक भियन्ता तथा एनआरएनए आजीवन सदस्य चन्द्र धितालको सँयोजकत्वमा सम्पन्न सो विधुतिय जमघटलाई आयोजकहरुको तर्फबाट स्वागत गर्दै पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्षले कार्यक्रमको औचित्य वारे प्रकाश पार्नु भएको थियो।

सो कार्यक्रममा जनसंपर्क समिती अमेरिकाका पूर्व सँयोजक बिष्णु सुवेदी, पशुपतिनाथ फाउन्डेसनका अध्यक्ष मुकुन्द ढुंगाना, एनएनसिका अध्यक्ष इश्वर सिटौला, जनसंपर्क समितिका नेता इश्वर सापकोटा, उत्तर क्यालिफोर्निया च्याप्टरका कार्यवाहक सभापति नारायण खनाल, उपसभापती लक्ष्मी कार्की , एनएजिसिका अध्यक्ष मणी नेपाली पनेरु, डब्लुजिएनकी अध्यक्ष बिष्णु सुवेदी लायन्स क्लब डिस्ट्रिक्ट का पास्ट रिजन चिअर मनील बाबु श्रेष्ठ, बर्क्ली लाली गुराँसका चार्टर प्रेसिडेन्ट निर्मल फुँयाल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बोल्दै एन आर एन को सदस्य बन्नु नेपाली समाजको हितमा भएको र जती धेरै सदस्यता बनाउन सकियो त्यती नै हामीहरुको अमेरिकि समाज र नेपालमा पनि हाम्रो आवाजले महत्व पाउने धारणा व्यक्त गर्नु भयो। सो अवसरमा वुद्दीजीवी, व्यापारी, पत्रकार तथा विध्यार्थी, महिला तथा युवाहरुको प्रतीनिधीमुलक सहभागीता रहेको थियो।

एनआरएनए का क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण वानिया तथा सोही संस्थाका वर्तमान अध्यक्ष सुरेन्द्र मल्ल, एन आर एन ए एन सि सि यु एस् ए का छेत्रीय ऊपाधक्ष सर्वज्ञ वाग्ले, महिला सँयोजक दिक्षा वस्नेत, एन आर एन ए राष्ट्रिय महिला समिती कि को चिअर हेमा पनेरु, पूर्व बोर्ड अफ डाइरेक्टर, बैकुण्ठ खनाल, बिन्दु सापकोटा, हेल्प डेस्कका सँयोजक नारायण पोखरेलले एन आर एन का उदेश्य, कार्यक्रम, उपलब्धीको चर्चा गर्दै सहभागीहरुको प्रश्न तथा जिज्ञासाहरुलाई सम्वोधन गर्नु भएको थियो। युवाहरुबाट प्रिन्स युवराज कार्की, के पि ढकाल, सुरेश भट्ट, राजेन्द्र जोशी, शसाँक महतले एन आर एन को सदस्यता व्रिद्दी गर्न आफ्नो तन मन धन ले सहयोग गर्ने वचनवद्दता प्रकट गर्नु भयो।

सो अवसरमा समाजसेवी भुवन खड्का, नविन पोखरेल, अख्तर अन्सारी, उत्तम वाग्ले, सुनिता सापकोटा, निर्मल फुयाल, महिपाल घिमीरे, ध्रुब राज दाहाल, प्रितेश कार्की, शंकर केसी, पनि आ-आफ्ना धारणा राख्नु भएको थियो। वुद्दीजीवी, व्यापारी, पत्रकार तथा विध्यार्थी, महिला तथा युवाहरुको प्रतीनिधीमुलक सहभागीता रहेको सो कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको बताइन्छ। सो जूम कार्यक्रमलाई प्राइमेरिकाका सिनियर भि पि ध्रुव राज गिरिले होस्ट गरेर सहयोग गर्नु भएको थियो भने मणी नेपाली पनेरुले को-होस्टको रुपमा प्राविधिक सहयोग गर्नु भएको थियो। अन्तमा चन्द्र धितालको सँयोजनमा सद्स्यत अभियानमा सक्रिय रहने संल्कल्पका साथ कार्यक्रम समाप्त भएको थियो।

अहिले एनआरएनए अमेरिकाको सदस्यता विस्तार कार्यक्रम जोडतोडका साथ् भईरहेको छ।

सदस्यता लिने अन्तिम दिन यहि फ्रेबुअरीको १५ तारिखसम्म मात्र छ।

 

सतीश चापागाईंको बहुचर्चित कविता विमानस्थलमा बा !

 

 

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - ०८:३२:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend