Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

उपाध्यक्ष कृष्णजीवि पन्तद्वारा एनआरएनएको सदस्यता लिन सबैलाई आग्रह

उपाध्यक्ष कृष्णजीवि पन्तद्वारा एनआरएनएको सदस्यता लिन सबैलाई आग्रह

Madhuri

१९, माघ २०७७
images
उपाध्यक्ष कृष्णजीवि पन्तद्वारा एनआरएनएको सदस्यता लिन सबैलाई आग्रह

एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीवि पन्तले सबैलाई सदस्यता लिन आग्रह गर्नुभएको छ। नेप्लिज डायस्पोरासंग कुराकानी गर्दै पन्तले यस्तो आग्रह गर्नुभएको हो।

अघिल्लो निर्वाचनमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेर बिजयी हुनुभएका पन्तले हरेक सदस्यको आफ्नै महत्व रहेको उल्लेख गर्नुभएको छ। संस्थामा जति धेरै सदस्य हुन्छन त्यति नै संस्था बलियो हुने पनि उहाँले डायस्पोरा संगको कुराकानीमा बताउनु भयो।

एनआरएनले प्रवासका नेपालीलाई एकताबद्ध बनाउन खेलेको भूमिकालाई कम ठान्न नहुने बताउनुभयो। सामान्य मानिसको संस्थाप्रति धेरै नै असन्तुष्टि रहेको एक प्रसंग उठाउँदा उहाँले संस्थाप्रति प्रश्न हुनु स्वाभाविक हो भन्नुभयो।

पन्तले भन्नुभयो, "गर्नु पर्ने धेरै काम छन्। हामी आफै आफ्ना कामबाट सन्तुष्ट छैनौं तर त्यसो भनेर संस्थाबाट टाढा भाग्नु हुदैन। सदस्य बनेर औंला उठाउनु पर्छ।"

"जिम्मेवार व्यक्तिले समस्यामा नै समाधान देख्नु पर्दछ। सदस्य बन्नुपर्छ र संस्थालाई सहि बाटोमा लैजानु पर्छ।" पन्तले भन्नुभयो।

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - ०७:१६:१० बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend