Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आवेदनको क्रममा आउने समस्याहरुको संबोधन गर्ने खालको प्रविधिको प्रयोग गरेका छौ: एनआरएनए एनसीसी युएसए

आवेदनको क्रममा आउने समस्याहरुको संबोधन गर्ने खालको प्रविधिको प्रयोग गरेका छौ: एनआरएनए एनसीसी युएसए

नेप्लिज डायस्पोरा

२०, माघ २०७७
images
आवेदनको क्रममा आउने समस्याहरुको संबोधन गर्ने खालको प्रविधिको प्रयोग गरेका छौ: एनआरएनए एनसीसी युएसए

सरस्वती शर्मा 'सरु'
विस्कन्सिन, अमेरिका

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी युएसए )ले सोमवार संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जारी सदस्यता अभिवृद्दि अभियानसंग सम्बन्धित रहेर आयोजना गरीएको उक्त पत्रकार सम्मेलनमा संघले गरेका गतिविधिवारे संचारकर्मीहरुलाई जानकारी गराइएको थियो ।


उक्त पत्रकार सम्मेलन मार्फत संघले अमेरिकाभर रहनुभएका आम गैर आवासीय नेपालीलाई संघको सदस्यता लिई साझा छाताभित्र गोलबन्द हुन सबैमा पुनः आह्वान गरेको छ । सदस्यता लिन सकिने प्रक्रिया सरल रहेको जनाउदैं संघले सदस्यता संग जोडिएर आउन सक्ने विवादका पक्षलाई समेत केलाएर सदस्यताका लागि आवेदन दिनेदेखि सदस्यता प्रमाणिकरण सम्मको पक्षमा संघ गम्भिर रहेको जानकारी संचारकर्मीहरुलाई गराइएको थियो ।।

सदस्यता बन्ने वा नविकरण गर्ने प्रक्रियामा कुनै समस्या रहे एनआरएनए, अमेरिकालाई जुन सुकै माध्यमवाट पनि सम्पर्क गर्नका लागि पनि संघले संचारकर्मी अन्तरक्रिया मार्फत सबैमा अनुरोध समेत गरेको छ ।

Screen Shot 2021-02-02 at 12.15.15 PM.png

सो अवसरमा सदस्यता आवेदनको क्रममा आउन सक्ने धेरै समस्याहरुको संबोधन गर्ने खालको प्रविधिको प्रयोग गरेर मात्रै प्रक्रिया अघि बढ्ने व्यवस्था रहेको र त्यसपछि पनि चरणवद्ध रुपमा छानविन तथा प्रमाणिकरणको काम हुने भएकाले विना संकोच सदस्य बन्नका लागि संघले सम्पुर्णलाई आग्रह गरेको छ ।

बिशेष गरी पहिलेका सदस्यहरु पुरानो आईडिबाट सदस्य बन्ने तर फोन नम्बर फरक राख्ने वा नयाँ आईडि बनाउने तर फोन नम्बर पुरानै राख्दा एकपटक प्रयोग भएको फोन नम्बर अर्को आईडिमा प्रयोग गर्न नसकिने व्यवस्था भएका कारण सदस्यहरुलाई केहि समस्या आएका धेरै भेटिएको छ । यस्तै कसैको फोटो र आईडिमा फोटो फरक, आईडिमा म्याद सकिएको, नाम फरक, जन्म मिति फरक जस्ता समस्याहरु आईरहेकाले पनि उक्त कुराहरु सदस्य बन्ने क्रममा ख्याल गरिदिनुहुन आईटि टिम तथा भेरिफिकेशन टिमले आग्रह गरेको छ । यस्ता समस्याहरु आउँदा सदस्यता बन्ने क्रममा आउनु पर्ने भेरिफिकेशन कोड आउन ढिला हुने र जनमानसमा मेम्बर बन्ने प्रकिया कठिन लाग्ने गरेको बुझिएको उहाहरुले जानकारी दिनुभएको थियो ।

अहिले जारी मेम्बर सिप ड्राइभ अन्तर्गत नया सदस्यता लिने, नविकरण गर्ने र आजिवन सदस्यता लिने गैर आवासीय नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको मेम्बरसिप ड्राइभ कमिटिले जानकारी गराएको थियो । फेब्रुअरि १ सम्म मात्रै करिव ५ हजार ८ सय जना सदस्य बनेको जानकारी गराईएको थियो । त्यसमा करिव २ सय जनामा केहि समस्या देखिएकाले केहिको भेरिफाई भएको र केहिको प्रक्रियामा रहेको जनाईएको थियो । अमेरिकावासी आम गैर आवासीय नेपालीको साझा संस्था एनआरएनए अमेरिका भएकाले सबैको सक्रिय सहभागितामा मात्र संघको लक्ष्य पुरा हुने भएकाले सबैलाई हातेमालो गर्न संघले सदैव सबैमा आग्रह समेत गर्दै आएको छ ।

संघका मिडिया संयोजक सतिश चापागाईले सहजीकरण गर्नुभएको संचारकर्मी अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष सुनील साह, संरक्षक तथा सदस्यता सुपरिवेक्षण समितिका चेयर डाक्टर रुद्र अर्याल, मेम्वरसिप भेरिफिकेशन कमिटिका चेयर डाक्टर राजनराज पन्त, वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बञ्जाडे, उपाध्यक्ष एवं मेम्वर सिप ड्राइभ कमिटिका चेयर बुद्धी सुवेदी, महासचिव पशुपति पाण्डे, आइटि कमिटिका चेयर ददी ढुंगाना, पदम भण्डारी लगायतले सहभागि संचारकर्मीहरुले राख्नुभएको जिज्ञासाको उत्तर दिनुका साथैं आफ्ना धारणाहरु राख्नुभएको थियो ।

Screen Shot 2021-02-02 at 12.13.49 PM.png

 

 

 

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - २२:५३:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend