एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले अमेरिकामा रहेका र एनआरएनएको परिभाषा भित्र समेटिएका सबै नेपालीलाई संस्थाको सदस्यता लिन अनुरोध गर्नुभएको छ।
साहले आज जारी गरेको बिज्ञप्ति यसप्रकार छ:
आदरणीय सम्पूर्ण अमेरिकाबासी गैर आवासीय नेपालीमा सादर नमस्कार ।
अमेरिकाबासी तपाई हामी आम गैर आवासीय नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको मेम्वरसिप ड्राइभको कार्य जारी रहेको छ । संस्थाको सदस्यता आवेदन सदैव खुल्ला नै रहेको छ ।
तर अहिले जारी मेम्वरसिप ड्राइभको अवधि सकिनु अघि फेबु्रअरी १५, २०२१ अमेरिकाको पूर्वीय समायानुसार रातीको १२ वजे अगावैं सदस्यता लिनुभएका, नविकरण गर्नुभएका र आजिवन सदस्यता लिनुभएका र संस्थाका आजिवन सदस्यहरुले आउँदो वर्ष २०२१ देखि २०२३ सम्मको लागि संस्थाको नयाँ कार्यसमिति निर्माण गर्नका निम्ति मतदान गर्न सक्नुहुनेछ ।
एनआरएनए,अमेरिकालाई माया गर्नुहुने तपाई सबैको सक्रियताले मेम्बरसिप ड्राइभ उत्साहजनक रुपमा अघि बढेको छ । एनआरएनए अमेरिकाको सदस्य बनेर संस्थाको विकासमा प्रत्यक्ष योगदान दिने चाहनासहीत सदस्य बनिसक्नुभएका तपाई सबैंलाई हार्दिक स्वागत गर्न चाहन्छु । यस अभियानमा सक्रियतापूर्वक जुट्नुभएका तपाई सबैलाई हार्दिक धन्यवाद समेत दिन चाहन्छु । अव मेम्बरसिप ड्राइभको निर्धारित समयसिमा सकिन लागेको छ । म सदस्यता नलिनुभएका तपाई सबैलाई सदस्यताका लागि आवेदन दिनुहुनका लागि र यो अभियानमा जुट्नुभएका तपाई सबैलाई अझ सक्रियता बढाउनका निम्ति हार्दिक अपिल गर्न चाहन्छु ।
तपाईहरुको साथ, सहयोग र सहकार्यको निम्ति उच्च सम्मान सहीत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
जय एनआरएन । जय एनआरएनए अमेरिका ।
सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका