एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष राजु पराजुलीले सबैलाई एनआरएनए अमेरिकाको सदस्यता लिन आग्रह गर्नुभएको छ। नेप्लिज डायस्पोरासंग कुराकानी गर्दै पराजुलीले यस्तो आग्रह गर्नुभएको हो।
"हामी सदस्यता बिस्तार अभियानमा छौं। यो अभियानमा सबैको सक्रिय सहभागिताको लागी अनुरोध गर्दछौं।" उपाध्यक्ष पराजुलीले भन्नुभयो।
संस्थामा जति धेरै सदस्य हुन्छन त्यति नै संस्था बलियो हुने पनि उहाँले डायस्पोरासंगको कुराकानीमा बताउनु भयो।
"प्रवासमा एनआरएनए सबैको आशा र भरोशाको केन्द्र हो। यो संस्थामा गोलबद्ध हुनु प्रवासमा रहेका नेपालीको दायित्व पनि हो।" नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक सतीश चापागाईंसंगको कुराकानीमा उहाँले उक्त कुरा बताउनु भएको हो।
एनआरएनएमा सदस्यता लिने अन्तिम म्याद यहि फेब्रुअरी १५ तारिख रातिसम्म छ |