युवा सामाजिक अभियन्ता रमेश भट्ट नेपाली छोरोले एनआरएनए अमेरिकाको सदस्यता लिन सबैलाई आग्रह गर्नुभएको छ।
नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईंसंग कुराकानी गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो।
"हामी सदस्यता बिस्तार अभियानमा छौं। यो अभियानमा सबैको सक्रिय सहभागिताको लागी अनुरोध गर्दछु।" सामाजिक अभियन्ता रमेशले भन्नुभयो।
नेपाली छोरो उपनामले चर्चित रमेश भट्टले अमेरिकामा लामो समयदेखि बिभिन्न सामाजिक संस्थामा बसेर काम गर्नुभएको छ। बाल्टिमोरको रोटरी क्लब लगायत संस्थामा काम गरेको अनुभव भएका भट्टले भन्नुभयो, "जति धेरै सदस्य हुन्छन त्यति नै संस्था बलियो हुन्छ। संस्थाले दिने सेवा पनि धेरै हुन्छ र समुदायले पाउने सुबिधा पनि बढछ" उहाँले डायस्पोरा संगको कुराकानीमा बताउनु भयो।
"प्रवासमा एनआरएनए सबैको आशा र भरोशाको केन्द्र हो। यो संस्थामा गोलबद्ध हुनु प्रवासमा रहेका नेपालीको दायित्व पनि हो।" नेपाली छोरोले भन्नुभयो।
उहाँ मेरिल्याण्डमा सक्रिय संस्था 'साथी बाल्टिमोर'का संस्थापक संयोजक हुनुहुन्छ।
एनआरएनएमा सदस्यता लिने अन्तिम म्याद यहि फेब्रुअरी १५ तारिख रातिसम्म छ।