Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिकाको सदस्य संख्या झन्डै १३ हजार पुग्यो

एनआरएनए अमेरिकाको सदस्य संख्या झन्डै १३ हजार पुग्यो

नेप्लिज डायस्पोरा

१, फाल्गुण २०७७
images
एनआरएनए अमेरिकाको सदस्य संख्या झन्डै १३ हजार पुग्यो

एनआरएनए अमेरिकाको सदस्यता बितरण अभियानको पछिल्लो जानकारी अनुसार आज फेब्रुअरी १२, २०२१ साझसम्ममा सदस्य संख्या कुल १२ हजार ९ सय ६४ पुगेको छ । यो फेब्रुअरी १० तारिख साझ ९ बजेसम्मको बिबरण भएको मेम्बरसीप भेरिफिकेशन कमिटीका चेयर डाक्टर राजन पन्तले बताउनु भयो ।

डाक्टर पन्तका अनुसार २ हजार १ जना आजिवन सदस्य र १० हजार ९ सय ६३ साधारण सदस्य रहेका छन ।

यो संख्या भेरिफिकेशन कमिटीले प्रमाणित गरेका सदस्यहरुको संख्या हो । यी सदस्यहरुलाई सुपरिवेक्षण कमिटीले प्रमाणित गरेपछि मात्र आधिकारीक मानिनेछ ।


"हटाउन वा पुन: रिभ्यु गर्नुपर्ने अवस्था हुनसक्ने कारणले गर्दा यो संख्या एनआरएनए अमेरिकाको बिधान र सदस्यताका लागि आवश्यक रिक्वायरमेन्टका आधारमा घटबढ हुनसक्ने सम्भावना रहन्छ।" भेरिफिकेशन कमिटीका चेयर पन्तले बताउनु भयो।

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - ०७:१८:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend