Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एनआरएनए अमेरिकाको सदस्य संख्या १४ हजार पुग्यो

एनआरएनए अमेरिकाको सदस्य संख्या १४ हजार पुग्यो

नेप्लिज डायस्पोरा

२, फाल्गुण २०७७
images
एनआरएनए अमेरिकाको सदस्य संख्या १४ हजार पुग्यो

 

एनआरएनए अमेरिकाको सदस्यता बितरण अभियानको पछिल्लो जानकारी अनुसार आज फेब्रुअरी १३ तारिख साझसम्ममा सदस्य संख्या कुल १४ हजार १७ पुगेको छ । यो फेब्रुअरी १३ तारिख साझ ७:३० बजेसम्मको बिबरण भएको मेम्बरसीप भेरिफिकेशन कमिटीका चेयर डाक्टर राजन पन्तले बताउनु भयो ।

डाक्टर पन्तका अनुसार २ हजार ६९ जना आजिवन सदस्य र ११ हजार ९ सय ४८ साधारण सदस्य रहेका छन ।

यो संख्या भेरिफिकेशन कमिटीले प्रमाणित गरेका सदस्यहरुको संख्या हो । यी सदस्यहरुलाई सुपरिवेक्षण कमिटीले प्रमाणित गरेपछि मात्र आधिकारीक मानिनेछ ।

"हटाउन वा पुन: रिभ्यु गर्नुपर्ने अवस्था हुनसक्ने कारणले गर्दा यो संख्या एनआरएनए अमेरिकाको बिधान र सदस्यताका लागि आवश्यक रिक्वायरमेन्टका आधारमा घटबढ हुनसक्ने सम्भावना रहन्छ।" भेरिफिकेशन कमिटीका चेयर पन्तले बताउनु भयो।”

"सदस्यता संख्या नै संस्थाको मुख्य आधार स्तम्भ हो । जति धेरै सदस्य बनाउन सकियो त्यति नै बढि संस्थाप्रति आम मानिसको चासो र अपनत्व महशुस गराउन सकिन्छ भन्ने मूल ध्येयका साथ हामीहरु यो अभियानमा सक्रिय छौं र थप हातेमालोको अपेक्षा गर्दछौं ।" मेम्बरसीप ड्राईभ कमिटीका संयोजक वुद्धि सुवेदीले नेप्लिज डायस्पोरासंग बताउनु भयो।

 

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - ०९:३२:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend