एनआरएनए अमेरिकाको सदस्यता बितरण अभियानको पछिल्लो जानकारी अनुसार आज फेब्रुअरी १४ तारिख साझसम्ममा सदस्य संख्या कुल १५ हजार ५ सय ३ पुगेको छ । यो फेब्रुअरी १४ तारिख साझ ७:३० बजेसम्मको बिबरण भएको मेम्बरसीप भेरिफिकेशन कमिटीका चेयर डाक्टर राजन पन्तले बताउनु भयो ।
डाक्टर पन्तका अनुसार २ हजार १ सय ९० जना आजिवन सदस्य र १३ हजार ३ सय १३ साधारण सदस्य रहेका छन ।
यो संख्या भेरिफिकेशन कमिटीले प्रमाणित गरेका सदस्यहरुको संख्या हो । यी सदस्यहरुलाई सुपरिवेक्षण कमिटीले प्रमाणित गरेपछि मात्र आधिकारीक मानिनेछ ।
"हटाउन वा पुन: रिभ्यु गर्नुपर्ने अवस्था हुनसक्ने कारणले गर्दा यो संख्या एनआरएनए अमेरिकाको बिधान र सदस्यताका लागि आवश्यक रिक्वायरमेन्टका आधारमा घटबढ हुनसक्ने सम्भावना रहन्छ।" भेरिफिकेशन कमिटीका चेयर राजन पन्तलाई उदृत गर्दै एनआरएनए अमेरिकाका मिडिया कोअर्डीनेटर सतीश चापागाईंले बताउनु भयो।
आगामी निर्वाचनमा मतदान गर्न योग्य हुन यही फेब्रुअरी १५ तारिख राती ११ बजेर ५९ (न्युयोर्क समय) र अमेरिकी पूर्वीय समय (Feb 16, 6:59 am UTC)सम्म मेम्बरशिप फाराम भरेर शुल्क बुझाउनु पर्ने नियम रहेको एनआरएनए अमेरिकाले जनाएको छ।
"२०२१ फेब्रुअरी १५ को ११.५९ (PM) अमेरिकी पूर्वीय समय (Feb 16, 6.59 am UTC) सम्म पेमेन्ट पूरा भएर मेम्बर्शिप भेरिफिकेसनमा आएका सबै आवेदन अप्रुभ हुने वा नहुने बारे हामी फेब्रुअरी १८ सम्ममा कारण सहित ईमेल गर्ने छौ । अप्रुभ नभएका आवेदनलाई आवेदनमा उल्लेख भएको इमेलमा अप्रुभ नहुनुको कारण र आवेदनलाई सच्याउन फेब्रुअरी २२ तारिख ११.५९ PM (EST) (Feb 23, 6.59 am UTC) सम्मको समय (cut off date) दिइने छ । त्यो दिन पश्चात् अप्रुभ हुन नसकेका आवेदनहरु पेण्डिंग मैं रहने छन्।" भेरिफिकेशन कमिटिका चेयर राजन पन्तले बताउनु भयो।
भोली राति नै सम्पूर्ण सदस्यता संख्याको विवरण एनआरएनए अमेरिकाको फेसबुक पेजबाट सार्बजनिक गर्ने तयारी भईरहेको छ।