एनआरएनए अमेरिकाको सदस्य बन्नका लागी सबैले आव्हान गरिरहेका बेला ईञ्जाका अध्यक्ष गुणराज लुइँटेलले पनि सबैलाई सार्बजनिक आग्रह गर्नुभएको छ।
"एनआरएनए सबैको आशा र भरोशाको केन्द्र हो। नेपाल छाडेको निश्चित समय पछि हामी स्वत: एनआरएन भएका छौं। त्यसैले यो संस्थाको स्वामित्व लिन र अपनत्व ग्रहण गर्न हामी आफैले सदस्यता लिनु पर्दछ।" नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईंसंगको कुराकानीमा लुइँटेलले उक्त कुरा बताउनु भयो।
लुइँटेलले भन्नुभयो, "यो बिशेष अवसर हो। सबैलाई यो अभियानमा सहभागी हुन् म आग्रह गर्दछु।"
लुइँटेल नेपाली पत्रकारहरुको विश्वब्यापी संगठन ईञ्जाका संस्थापक र वर्तमान अध्यक्ष हुनुहुन्छ।