Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एनआरएनए अमेरिकाको मेम्बर बन्न बोर्ड अफ डाइरेक्टर अम्मर छन्त्यालको अनुरोध

एनआरएनए अमेरिकाको मेम्बर बन्न बोर्ड अफ डाइरेक्टर अम्मर छन्त्यालको अनुरोध

नेप्लिज डायस्पोरा

३, फाल्गुण २०७७
images
एनआरएनए अमेरिकाको मेम्बर बन्न बोर्ड अफ डाइरेक्टर अम्मर छन्त्यालको अनुरोध

 

एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर अम्मर छन्त्यालले एनआरएनए अमेरिकाको मेम्बर बन्न सबैलाई अनुरोध गर्नु भएको छ। नेप्लिज डायस्पोरासंग कुरा गर्दै छन्त्यालले यो आग्रह गर्नु भएको हो। उहाँले आफ्नो फेसबुक मार्फत पनि सबैलाई अनुरोध गर्नुभएको छ। 

"आज अन्तिम दिन हो। अमेरिकामा रहेका हामी सबै नेपाली सदस्य बनौं।" बोर्ड अफ डाइरेक्टर छन्त्यालले भन्नुभयो।

"संस्थालाई अझै उचाईमा लैजान र सबैको साझा बनाउन सबैले आ-आफ्नो ठाउँबाट सक्रिय हुनु पर्दछ। यसको प्रारम्भ सदस्यता लिएर हुन्छ।" छन्त्यालले भन्नुभयो।

उहाँ बर्तमान कार्य समितिले गठन गरेको मेम्बर्शिप पोलिसी कमिटिको चेयर पनि हुनुहुन्छ।

आफुहरु सदस्यता विस्तार अभियानमा रातदिन खटेको बताउदै छन्त्यालले त्यसैको फलस्वरूप उल्लेख्य संख्यामा वृद्धि भएको पनि जानकारी दिनु भयो ।

एनआरएनएमा सदस्यता लिने अन्तिम म्याद यहि फेब्रुअरी १५ तारिख अर्थात आज रातिसम्म छ।

 

Screen Shot 2021-02-15 at 8.57.47 AM.png

 

 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १९:४०:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend