Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए अमेरिकाको मेम्बर बन्न मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेको अनुरोध

एनआरएनए अमेरिकाको मेम्बर बन्न मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेको अनुरोध

नेप्लिज डायस्पोरा

३, फाल्गुण २०७७
images
एनआरएनए अमेरिकाको मेम्बर बन्न मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेको अनुरोध

एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले एनआरएनए अमेरिकाको मेम्बर बन्न सबैलाई अनुरोध गर्नु भएको छ। नेप्लिज डायस्पोरासंग कुरा गर्दै घिमिरेले यो आग्रह गर्नु भएको हो।

"आज अन्तिम दिन हो। अमेरिकामा रहेका हामी सबै नेपाली सदस्य बनौं।" च्याप्टर अध्यक्ष घिमिरेले भन्नुभयो।

"मेरिल्याण्डमा यो पटक धेरै नै साथीहरु आकर्षित हुनुभएको छ र सदस्य बन्नु भएको छ।" अध्यक्ष घिमिरेले भन्नुभयो, "सदस्यता विस्तारमा मेहेनत गर्ने र यो अभियानमा साथ समर्थन गर्ने साथीहरुलाई धन्यवाद पनि ब्यक्त गर्दछु।"

"संस्थालाई अझै उचाईमा लैजान र सबैको साझा बनाउन सबैले आ-आफ्नो ठाउँबाट सक्रिय हुनु पर्दछ। यसको प्रारम्भ सदस्यता लिएर हुन्छ।" घिमिरेले भन्नुभयो।

एनआरएनएमा सदस्यता लिने अन्तिम म्याद यहि फेब्रुअरी १५ तारिख अर्थात आज राति ११: ५९ बजेसम्म छ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २०:२९:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend