एनआरएनए अमेरिकाको भेरिफिकेशन कमिटिले एक सूचना जारी गर्दै 'फेब्रुअरी २२ तारिखको ११.५९ PM (EST) सम्मको समय (cut off date)' भएको ध्यानाकर्षण गराएको छ।
उक्त सुचनामा अहिलेसम्म आवेदन अप्रुभ नभएका ब्यक्तिहरुले फेब्रुअरी २२ तारिख ११:५९ PM (EST) भित्रमा प्राप्त ईमेलमा भनिए अनुरुप आवेदन सच्याउने कार्य गर्न अनुरोध गरिएको छ।
सूचनामा थप भनिएको छ, "२०२१ फेब्रुअरी १५ को ११.५९ (PM) अमेरिकी पूर्वीय समयसम्म पेमेन्ट पूरा भएर मेम्बर्शिप भेरिफिकेसनमा आएका सबै आवेदन अप्रुभ हुने वा नहुने बारे हामी फेब्रुअरी १८ सम्ममा कारण सहित ईमेल गरिसकेका छौ । अप्रुभ नभएका आवेदनलाई आवेदनमा उल्लेख भएको इमेलमा अप्रुभ नहुनुको कारण र आवेदनलाई सच्याउन फेब्रुअरी २२ तारिखको ११.५९ PM (EST) सम्मको समय (cut off date) गरिएको कुरा पुर्ब जानकारी गराईएको हो ।"
भेरिफिकेशन कमिटिका चेयर डाक्टर राजन पन्तले यो सूचना जारी गर्नुभएको हो।