यही आउने ७ मार्च आइतवार गैर-आबासिय नेपाली संघ अमेरिकाको महिला सशक्तिकरण समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने जानकारी दिएको छ।
उक्त दिनको अबसरमा महिलाका बिभिन्न मुद्दाहरुमा प्रष्ट्याउने तथा महिला शसक्तिकरण्, सहभागिता, र प्रबासमा महिलाका समस्या, भूमिका बिषय लगायत छलफल र अन्तर्कृया त्यो दिनको मुख्य आकर्षण सहित अरु आकर्षक बिषयहरु पनि रहने संयोजक दिक्षा बस्नेतले जानकारी दिनुभयो।
नेतृत्व सहभागीतामा सहकार्य र हातेमालो आजको आबश्यकता हो भन्ने मुल मन्त्रलाई आत्मासात गर्दै अमेरिकी समय बिहान १० बजे उदघाटन समारोह शुरु गरिने र घरबास, प्रबासमा छरिएर रहनुभएका प्रिय श्रमजिबी आमा, दिदिबहिनीहरु सबैलाई समेटेर गैर आबासिय नेपाली सघं अमेरिकाले ११०औं नारी दिवस मनाउने तयारी गरेको थियो, तर बिश्वभरी फैलिएको कोरोना भाइरसको कारणले सो कार्यक्रम स्थगित गर्नु परेकोमा थियो ।
यो बर्ष भने Zoom Technology सहायता लिएर भएपनी “NRN NCC of USA Women Empowerment “कमिटीले १११ औं महिला दिबस मनाउने निर्यण गरेको महिला सशक्तिकरण समितिले सबैलाई सहभागिता र सहयोगको लागी अनुरोध गरेको छ।
यो बर्षको नारा “Women In Leadership :Achieving An Equal Future In COVID-19 World" रहेको छ।