एनआरएनए अमेरिकाले अमेरिकामा रहेका प्रोफेशनल नेपालीहरुको तथ्यांक राख्ने व्यवस्थाको औपचारिक शुरुवात गरेको छ। एनआरएनए अमेरिकाको साईन्स एण्ड टेक्नोलोजी समितिले हिजो एक कार्यक्रमका बीच यो कार्यको शुभारम्भ गरेको हो।
कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले यो कार्यमा जुटेको कमिटिका सबै सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्दै यसबाट संस्थाका सदस्य र आम मानिसले फाईदा लिन सक्ने विश्वास ब्यक्त गर्नुभयो।
कार्यक्रममा कमिटिका चेयर डाक्टर तारा सिग्देल, पुर्व चेयर तथा वर्तमान महासचिव पशुपति पाण्डे, को-चेयरहरु डाक्टर राजेन्द्र पंगेनी, ईन्जिनियर सतीश त्रिपाठी, राजीव श्रेष्ठ, संगीत रौनियार र आइटी कमिटिका को-चेयर ददि ढुंगाना लगायतले बोल्नु भएको थियो।
कार्यक्रममा एन आर एन ए अमेरिकाका मिडिया कोअर्डिनेटर सतीश चापागाई, ईञ्जाका अध्यक्ष गुणराज लुइँटेल, नेजाका पुर्ब अध्यक्ष भोला आचार्य, बिबिसी साझा सवालका पुर्व प्रस्तोता नारायण श्रेष्ठ, नेपाल तस्बिरका सम्पादक किशोर सापकोटा र परशुराम भण्डारी समेतले बिभिन्न प्रश्न गर्नु भएको थियो।
अमेरिकाका विश्वबिद्यालयहरुमा अध्ययनरत छात्राहरु सुदिक्षा भण्डारी, चाँदनी जैसवाल लगायतले बोल्नु भएको थियो।
समितिले तयार पारेको प्रेस रिलिज यसप्रकार छ :
प्रेस रिलिज
NRNA NCC USA को SCIENCE, TECHNOLOGY, AND INNOVATION COMMITTEE ले अमेरिकामा बस्दै आएका नेपालीहरुको विज्ञता र दक्षताको अद्याबधिक आंकडा राख्ने डाटाबेसको व्यवस्था गरेको छ। यो डाटाबेसको मध्यमबाट सबै नेपालीहरुले आ-आफ्नो क्षेत्रमा भएका अरु नेपालीहरुको बारेमा जानकार हुन सक्ने छन्। यस डाटाबेसको दीर्घकालीन उद्देश्य अमेरिकामा बस्ने गैर-निवासी नेपालीहरूको डाटाबेस कायम राख्नु हो। डाटाबेसमा सूचीबद्ध प्रत्येक व्यक्तिको शिक्षा र पेशाको बारेमा जानकारी लिन निर्माण गरिएको हो।
यो डेटाबेसले निम्न तरिकाले मद्दत गर्ने आशा गरिएको छ।
(१) यसले समान क्षेत्रका बिज्ञ र पेशाकर्मीहरुलाई सम्पर्क सेतुको काम गर्नेछ।
(२) यो डाटाबेसको माध्यमबाट विशेषज्ञहरुले युवा पुस्ता वा कुनै पनि क्षेत्रमा नयाँ काम सुरु गर्न खोज्ने व्यक्तिहरुलाई सहयोग पुर्याउने आशा गरिएको छ। अर्को शब्दमा भन्नुपर्दा यसले मेण्टोर्शिपका अवसरहरू र विज्ञहरूले उनीहरूको विशेषज्ञताको मद्दतले अरु समुदायका सदस्यहरुलाई मद्दत गर्न सहयोग पुर्याउँछ।
(३) यस डाटाबेसले नेपाली र नेपालको भलाइका लागि नेपालमा परियोजनाहरू स्थापना गर्न सहयोग पुर्याउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
(४) यो डाटाबेसले अमेरिकामा बसोबास गर्ने नेपालीहरुको ज्ञान र सीपको क्षमता देखाउँदछ र यसको सहयोगले एनआरएनए एनसीसीले नेपाल सरकार र अमेरिकाबासी नेपाली बीचको सम्भावित सहकार्य गर्ने अवसर प्रदान गर्ने छ।
यो डाटाबेसमा आफ्नो सूचना प्रदान गर्न र अरु विज्ञहरुको जानकारी लिन तल दिईएको लिंक प्रयोग गर्नुपर्ने हुन्छ।
https://www.nrnusa.org/projects/expert-database/
अरु सूचनाको लागि [email protected] मा सम्पर्क गर्न सकिने छ।