Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भोली बुधबार टिपिएसका पक्षमा डिसिमा बृहत र्याली हुने

भोली बुधबार टिपिएसका पक्षमा डिसिमा बृहत र्याली हुने

नेप्लिज डायस्पोरा

११, चैत्र २०७७
images
भोली बुधबार टिपिएसका पक्षमा डिसिमा बृहत र्याली हुने

भोली बुधबार टिपिएसका पक्षमा डिसिमा बृहत र्याली हुने भएको छ।

वाशिङ्टन डिसिमा हुने यस बृहत टिपिएस र्यालीमा सहभागी भईदिन सैयौं अन्य टिपिएस वाला र यसका समर्थकहरुलाई आव्हान गरिएको छ। अमेरिकामा सक्रिय सामाजिक संस्था अधिकार लगायतका बिभिन्न संस्थाहरुको आयोजनामा यो कार्यक्रम हुन् लागेको हो।

दिउँसोको ठीक १२ बजे हामी डेमोक्र्याटिक नेशनल कमिटिको भवनबाट शुरु गरेर रिपब्लिकन नेशनल कमिटिको भवनसम्म मार्च गर्ने कार्यक्रम रहेको प्रार्थना गुरुङले बताउनु भयो। उहाँले भन्नुभयो, "मार्च पासपछि विभिन्न देशका टिपिएस वालाहरुले आफ्नो कथाहरु सुनाउनेछन र हामी अमेरिकी सिनेट (माथिल्लो सदन) लाई SECURE Act को समर्थन गर्न आह्वान गर्ने छौं।"

दिउँसोको १२ बजे डेमोक्र्याटिक नेशनल कमिटि (DNC)को भवनमा आईपुग्न आयोजकले सूचना जारी गरेको छ। १२:३० सम्म मार्च गर्ने अनि १२:३० देखि रिपब्लिकन नेशनल कमिटि (RNC)को भवन अगाडि र्याली गर्ने ।

कार्यक्रममा आउनेहरुलाई मास्क अनिवार्य लगाउन र सामाजिक दुरी कायम भनिएको छ।

अमेरिकी तल्लो सदन (हाउस) ले HR6 (ड्रिम एन्ड प्रमिस एक्ट) पास गरिसकेको छ। सोहि बिल माथिल्लो सदन (सिनेट) मा SECURE Act का रुपमा प्रस्तुत गरिदै छ। सिनेटले पास गर्ने बित्तिकै उक्त बिललाई राष्ट्रपति बाईडेनले हस्ताक्षर गर्ने बताईएको छ।

यदि तपाईं यो र्यालीमा सहभागी हुन चाहनु हुन्छ भने कृपया अधिकारकी अर्गलाईजिङ् फेल्लो निकिता महर्जन देवकोटा(Nikita Maharjan Devkota) लाई सम्पर्क गर्न अधिकारले सबैसंग अनुरोध गरेको छ।

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०४:२१:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend