मेरिल्याण्डको नेपाली भलिबल टिम टेक्सासमा हुने 'इन्टर स्टेट भलिबल टुर्नामेन्ट'मा सहभागी हुन टेक्सास प्रस्थान गरेको छ। मेरिल्याण्ड नेप्लिज भलिवल क्लबका टोलि नेता शक्ति रेग्मीको नेतृत्वमा उक्त टोलि टेक्सास प्रस्थान गरेको हो। रेग्मीको नेतृत्वमा मेरिल्याण्डबाट दुई टोलि टेक्सासतर्फ प्रस्थान गरेको छ।
फार वेष्टर्न नेप्लिज सोसाईटी टेक्सासको आयोजना हुने टुर्नामेन्टमा अमेरिकाभरीबाट झन्डै २० टोलि सहभागी हुने अपेक्षा गरिएको छ।
मेरिल्याण्डको यो क्लबले यसअघि अमेरिकाका बिभिन्न राज्यमा भएका टुर्नामेन्टमा सहभागी भई विजयी समेत भएर आएको थियो।
"यो पटक हामीले मेरिल्याण्डबासीका तर्फबाट शुभकामना दिएका छौं।" साथी बाल्टिमोरका रमेश भट्ट नेपाली छोरोले नेप्लिज डायस्पोरासंग भन्नुभयो।