Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

अमेरिकामा नेपाली ब्यबसायीहरुद्वारा विश्वकर्मा इन्भेष्टमेन्ट ग्रुपको स्थापना

अमेरिकामा नेपाली ब्यबसायीहरुद्वारा विश्वकर्मा इन्भेष्टमेन्ट ग्रुपको स्थापना

नेप्लिज डायस्पोरा

२४, चैत्र २०७७
images
अमेरिकामा नेपाली ब्यबसायीहरुद्वारा विश्वकर्मा इन्भेष्टमेन्ट ग्रुपको  स्थापना


अमेरिकामा नेपालीहरुले नै बिभिन्न नाफामुलक ब्यबसायहरुमा लगानी गर्ने उद्देश्यले विश्वकर्मा इन्भेष्टमेन्ट ग्रुपको स्थापना भएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यमा सक्रिय चारजना सफल ब्यबसायीहरुको अग्रतामा यो ग्रुपको स्थापना भएको हो। यसरी यो ग्रुपको स्थापना गर्ने पौरखी ब्यबसायीहरुमा बिक्रम पोखरेल, रविलाल सुनार, धरम विश्वकर्मा र कुन्दन सिंह रिसाल हुनुहुन्छ।

उहाँहरु मध्ये धरम विश्वकर्माले यो ग्रुपमा अध्यक्षको जिम्मेवारी बहन गर्नुभएको छ। बिक्रम पोखरेल सीईओ हुनुहुन्छ। रविलाल सुनार उपाध्यक्ष हुनुहुन्छ भने कुन्दन सिंह रिसालले कोशाध्यक्षको जिम्मेवारी लिनुभएको छ।

साना र छरिएर रहेका पुँजीहरुको संकलन गरेर ब्यबसायिक कार्यमा लगानी गर्ने उद्देश्यले यो ग्रुपको स्थापना गरिएको ग्रुपका सीईओ बिक्रम पोखरेलले जानकारी दिनु भयो। ग्रुपको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै सीईओ पोखरेलले उक्त जानकारी दिनु भएको हो।

"हामीले समुदायका साथीहरु सबै संगै आर्थिक प्रगतितर्फ लागुन भनेर नयाँ तरिकाले सोच अगाडी बढाएर यो ग्रुपको स्थापना गरेका हौँ।" अध्यक्ष धरम विश्वकर्माले बताउनु भयो।

हाम्रो समुदायमा ठुलो लगानी गर्न नचाहने र नसक्नेहरुले आफुसंग भएको सानो पुंजीलाई चलाएर केहि आम्दानी गर्न सकुन भनेर यो अबधारणा अगाडी सारेको उपाध्यक्ष रविलाल सुनारले बताउनु भयो।

"आइडल बसेको पैसा हामीले अमेरिकाको नीतिनियम र परिधिभित्र बसेर हामीले यहाँका ब्यबसायिक काममा लगाउछौं र त्यसरी गरेको लगानीमा लगानीकर्ताको ईच्छा अनुसार ब्याज वा मुनाफा दिनेछौं।" अध्यक्ष धरम विश्वकर्माले भन्नुभयो। उहाँले अगाडी थप्नुभयो, "तपाईको बैंक खातामा त्यसै बसेको केहि पैसा छ भने छोटो समयका लागि लगानी गर्नुस, हामी आठ प्रतिशत ब्याज दिन्छौं।" धरम विश्वकर्माले भन्नुभयो, "त्यति मात्र होइन यदि कोहि रियल स्टेट लगायतका ब्यबसायिक काममा लगानी गर्न चाहनुहुन्छ भने हामी लगानीकर्ताको रुपमा स्विकार्न पनि तयार छौं।"

आफै काम गर्ने समय, क्षमता र प्रसस्त पैसा नभएका ब्यक्तिलाई अवसर मिलोस भन्ने आफुहरुको चाहना रहेको उपाध्यक्ष रविलाल सुनारको भनाई थियो।

हामीसंग बिगतमा बिभिन्न ब्यबसायिक प्रोजेक्टहरुमा सफल भईसकेका क्षमतावान एक्स्पर्टहरुको टिम छ। हामी अनुभवी साथीहरुले ब्यबसायिक कामबाट समुदायलाई सहयोग गर्न चाहन्छौं। हरेक बर्ष संस्थाले गरेको मुनाफाको एक प्रतिशत रकम कुनै सामाजिक संस्थालाई डोनेट गर्ने उद्देश्य पनि यो ग्रुपको छ।

कार्यक्रममा सहभागीहरुले बिभिन्न प्रश्नहरु गर्नुभएको थियो। प्रश्नका जवाफ आएपछि उपस्थित सहभागीहरुमा उत्साह देखिन्थ्यो। यो ग्रुप अहिले सानो रुपमा भएपनि यसलाई बिस्तारै बृहत बनाएर लैजाने उद्देश्य रहेको अध्यक्ष धरम विश्वकर्माले बताउनु भयो। 

_MG_0123.JPG

 

BI16.jpg

 

 

 

BI 9.JPG

 

bI 14.JPG

 

_MG_0108.JPG

 

Bi 11.JPG

 

Bi 12.JPG

Screen Shot 2021-04-05 at 7.40.29 PM.png

BI 13.JPG

 

BI 3.JPG

 

 

BI 7.JPG

 

BI 8.JPG

 

BI 5JPG.JPG

 

BI 16.jpg

 

_MG_0092.JPG

 

BI 17.JPG

images
प्रकाशित मिति :चैत्र २४, २०७७ मंगलवार - ०३:४७:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend