यहि अप्रिल ११ आईतबारका दिन ३ :३० बजे दिउँसो न्युयोर्कस्थित कुइन्सको ज्याक्सन हाईट्स Diversity Plaza, मा Yi(Andy) Chen लाई City Council District 25th का लागि समर्थन अमेरिकी नेपाली नागरिकहरुद्वारा कार्यक्रम राखिएको छ।
कार्यक्रममा संस्कृतिक कार्यक्रम र नेपाली समुदायको विभिन्न संस्थाको प्रतिनिधित्वहरुको मन्तव्य राख्ने कार्यक्रम छ | बिषेश Yi (Andy ) Chen को धारणा नेपाली समुदायलाई सुनाउने र बुझाउने मुल उदेश्य रहेको छ, YI (andy) Chen हाल अमेरिकाका न्युयोर्क र ज्याकसन हाईट्स 83 -16 Cornish Ave, Elmhurst NY 11373 मा अभियान अफिस खोलि सामाजिक काम गर्दै चुनाव प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ।
YI (Andy) Chen ले नेपाली समुदायको निम्ति आवश्यक हरेक कुरामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । नेपाली सामुदायिक भवन निर्माण, सरकारी निकायमा प्रतिनिधित्व, आर्थिक बिकास र पहिचानको निमित्त लड़ने प्रतिबद्धता जनाएको छ। उक्त जिल्लाको कान्छो उम्मेदवार Yi (Andy) Chen चाइनाबाट 13 बर्षको हुदा अमेरिका आएका हुन् हाल 32 बर्षका ठिटा हुन।
नेपाली समुदायहरुको लागी Blood Donation Program मा PPE बितरण, हरेक हप्ता खाना बितरण, खेलाडिहरुलाई प्रोह्तसान को निमित्त खेल्कुद सामग्रि बितरण, सर्वसाधारण हरुलाई लत्ताकपडा बाड्ने जस्ता कार्य गर्नुका साथै 89th street & 34th Avenue मा भएको ठुलो आगलागिमा सबै भन्दा पहिला उद्गार मा पुगि पिडितहरुलाई लत्ताकपडा र खाना सहित होटलमा बस्ने ब्यबस्था गर्नु भएको थियो।
Elmhurst Hospital ले Covid 19 बाट बाचेका र Frontline worker हरुलाई सम्मान गर्नु साथै मृत आत्माको शान्तिको लागी दिप प्रज्वलन कार्यक्रम साथै Stop Asian Hate Rally को मुल आयोजक साथै नेपालि समुदायहरुलाई पनि आयोजक कमिटिमा राखि क़रीब २३,००० उपस्थित सहित कार्यक्रम गर्नु भएको थियो। आफु बसेको जिल्ला निकैनै फोहर रहेको भनि Diversity Plaza सरसफाई गर्ने जस्ता बिभिन्न कार्यहरुमा अग्रसर भएर कार्य गर्दै आईरहेका छन्।
Yi(Andy) Chen को Campagin Manager नेपाली मूलको दिपेन्द्र लामा कार्यरत छन भने हाल Nepalese American Public Relation Department को coordinator केशब राम राई हनुहुन्छ।