Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिकाको प्रारम्भिक मतदाता नामावली प्रकाशन

एनआरएनए अमेरिकाको प्रारम्भिक मतदाता नामावली प्रकाशन

नेप्लिज डायस्पोरा

२९, चैत्र २०७७
images
एनआरएनए अमेरिकाको प्रारम्भिक मतदाता नामावली प्रकाशन

एनआरएनए एनसीसी, अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि मतदाता सदस्यहरुको पहिलो नामावली प्रकाशन गरेको छ।
भेरीफिकेशन कमिटि र सुपरिबेक्षण कमिटीले दिएको सदस्यहरुको नामावली निर्वाचन आयोगले प्रकाशन गरेको हो। आयोगद्वारा प्रकाशित उक्त लिष्टमा २० हजार १५२ जना मतदाता रहेका छन्।

उक्त नामावलीलाई एनआरएनए अमेरिकाको वेबसाईटमा सबैले देख्ने गरी सार्बजनिक गरिएको छ। नामावली हेर्न यो लिंकमा क्लिक गर्नुहोस:

https://nrnusa.org/press/press/initial-voter-list-publication-for-the-election-te/


एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले यस लिष्टमा आफ्नो र अरुको नाममा कुनै करेक्शन या दावी-बिरोध भए अप्रिल १३, २०२१ साँझ ५:०० बजे पूर्वीय समयसम्म पठाई सक्न भनेर सुचना जारी गरिसकेको आयोगका संयोजक विश्व बरालले नेप्लिज डायस्पोरालाई बताउनु भयो ।

दावी बिरोध या करेक्शन भए हरेकको लागि एक छुट्टै फर्म भर्नु पर्नेछ। दावी गर्ने व्यक्ति आफू एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्य भएको हुनुपर्छ।

निर्वाचन आयोगले संघको राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको चालु बिधानको ब्यबस्था अनुरुप निर्वाचन संबन्धि कार्य तालिका यस अघि नै प्रकाशन गरिसकेको छ।

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - २२:०२:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend