एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा उमेद्वारी दिएका उमेद्वारको नामावली सार्बजनिक भएको छ। एनआरएनए अमेरिकाको निर्वाचन समितिले उक्त नामावली अप्रिल ३० तारिख साँझ प्रकाशित र सार्बजनिक गरेको छ। यसअघि अप्रिल २५ मा एउटा नामावली लिष्ट प्रकाशन गरिसकेको थियो। गल्तिवश नाम छुटेका, कागज पत्र नपुगेका वा योग्यता नपुगेकाहरुको उमेद्वारी उपर छानविन गरेर यो नामावली प्रकाशन गरेको निर्वाचन आयुक्त विश्व बरालले जानकारी दिनुभएको छ ।
यहि अप्रिल १९ र २० गते उमेद्वारहरुले उमेद्वारी दर्ता गराएका थिए। उनीहरु मध्ये केहिको कागजपत्रमा समस्या आएकोमा थप अनुसन्धानपछि नाम थपिएको छ। साथै यहि समयमा दाबी बिरोध गर्ने समय पनि निर्धारण गरिएको थियो।
आज प्रकाशित नामावलीमा उमेद्वार आफैले चाहेमा उमेद्वारी फिर्ता लिने पाउने छ्न। निर्वाचन आयुक्त विश्व बरालका अनुसार त्यसको लागि मे ३ तारिखको दिउसो ५ बजेसम्मको समय छुट्टयाईएको छ।
मे ८ तारिखका दिन उमेद्वारहरुको फाईनल नामावली लिष्ट प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
आजको लिष्टमा अध्यक्षहरुको नामावली प्रकाशन गरिएको छैन। अध्यक्षहरुको नामावली भोलि प्रकाशन गर्ने भनेर निर्वाचन आयोगले सूचना जारी गरेको छ। "अध्यक्षको नामावलीका सन्दर्भमा केहि प्रक्रिया अझै बाँकी रहेकोले भोलि मे १ तारिख मात्र सार्बजनिक गर्ने कार्यक्रम रहेको छ" निर्वाचन आयुक्त विश्व बरालले बताउनु भयो।