Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

मत दाताहरुले मलाई जिताउने कुरामा म ढुक्क छु : डाक्टर चिरन्जिबी भट्टराई, आर सी सी उम्मेदार

मत दाताहरुले मलाई जिताउने कुरामा म ढुक्क छु : डाक्टर चिरन्जिबी भट्टराई, आर सी सी उम्मेदार

नेप्लिज डायस्पोरा

२७, बैशाख २०७८
images
मत दाताहरुले मलाई जिताउने कुरामा म ढुक्क छु : डाक्टर चिरन्जिबी भट्टराई, आर सी सी उम्मेदार

 

एनआरएन अमेरिकाको निकट भविष्यमा हुन गैरहेको चुनाबमा दक्षिण क्षेत्रको कोर्डिनेटर च्येर / आरसीसी पदमा उम्मेद्वारी दिईरहेको अबस्थामा मैले अलिकति आफ्नो बारेमा पनि भन्नुपर्ने हुन्छ । मतदाताहरु बीच अलिकति भने पनि आफ्नो परिचय दिनु पर्ने हुन्छ ।


यसै अर्थमा पनि मेरो घर, जन्मिएको ठाउँ नेपालको तनहुँ बन्दीपुर, सुकौरा, प्रा.बि.र नि .मा बि.सम्मको शिक्षा गाउमा नै र हाई स्कुल, कलेज सबै काठमाडौँमा गरेको हुँ। प्रमाण पत्र तह ( तीन बर्षे / मेडिसिन ) र स्नातक तह ( साँढे पाँच बर्षे कोर्ष /बि ए एम एस ) चिकित्सा शास्त्र अध्ययन संस्थान, टी यु , काठमाडौँबाट र नेपाल सरकारको स्वास्थ्य सेवामा ७- ८ बर्ष जति सेवा अनुभब पनि गरेको छु । नेपाल सरकारको स्वास्थ्य सेवामा काम गर्ने सिलसिलामा नेपालको पुर्बदेखि पश्चिमसम्म र तराईदेखि हिमालसम्म सबै क्षेत्रमा बसेर काम गरेको अनुभब समेत छ।

नेपालका सुगमदेखि दुर्गम दुर्गमसम्मका सर्ब साधारण जनताहरुको स्वास्थ्य समस्याहरुप्रति सुपरिचित ,नेपाल सरकारका धेरै स्वास्थ्य कार्यक्रमहरुसंग सुपरिचित , कतिपय त्यस्ता कार्यक्रमहरुमा नेतृत्वदायी भूमिका समेत निर्वाह गरेको नेपालमा हुंदा । कलेज पढ्दाका अबस्थामा पनि बिद्यार्थी राजनीति , लेखन र बिबिध सामाजिक कार्यक्रमहरुमा पनि म बराबरी रुचि राख्ने मान्छे थिएं। आयुर्बेद क्याम्पस काठमान्डौ ने. बि. संघ ईकाईले त्रैमासिक/ चौमासिक रुपमा निकाल्ने भित्ते पत्रिका “ ज्योति” को प्रधान सम्पादक र नेपाल आयुर्बेद चिकित्सक संघको पूर्व प्रधानसम्पादक भएर काम गरेको छु ।

समाज सेवाको कुरा गर्दा धेरैले शुरुमा स्कुलमा जुनियर रेड क्रसमा जोडिएको कुरा गरेको मैले सुन्ने गरेको छु। मेरो लागि पनि यो बिषय नया होइन, मेरो लागि यो अरु रोमान्चकारी क्षण पनि ।मेरो अनुभबमा जुनियर रेडक्रसमा मान्छेहरु राख्दा पाएसम्म क्लासमा फस्ट सेकेण्ड हुनेलाई राखिदो रहेछ, म पाँच क्लासमा पुग्दा म पढ्ने केशवटर नि मा बिको जुनियर रेडक्रस सर्कलको अध्यक्ष भएको थिए। त्यो बर्ष म चार कक्षबाट पाँचमा जाँदा
स्कुल कै बोर्ड फस्ट भएको थिए। मलाई रेडक्रसमा छान्ने दाइ त्यति खेरका तनहुंका तत्कालिन बिद्यार्थी नेता, कमल खनाल दाइ हुनुहुन्थो।

उहांले मलाई स्कुलको जुनियर रेडक्रसको अध्यक्ष बनाएपछि रेडक्रसको स्वाभाव र समाज तथा मानव सेवाको सन्दर्भमा भनेको कुरा अहिले पनि केही कुरा संझिराख्छु त्यो के भने मान्छेलाई पर्दा गारो अप्ठेरो केही नभनि आगोपानीको प्रबाह समेत नगरी जतिखेर पनि खट्न, काम गर्न मन भित्रैदेखि तयार हुनुपर्छ। कुनै गारो अप्ठेरो मान्नु हुदैन, मूल मन्त्र यही हो । मेरो लागि यो भनाईले सांच्चि नै परेको खन्डमा सधै खटिरहन प्रेरणा दिईरहने नै भयो ,तैपनि मेरो बिचारमा मान्छे सामाजिक प्राणी पनि हो, मानब सेवाको भावाना, समाज सेवाको भावाना सबै भन्दा पहिले आफ्नै घर परिवारबाट शुरु हुन्छ भन्छु, पछिपछि मात्र समाज, देश दुनियातिर बढ्दै जाने हो भन्छु ।

अहिलेसम्म आइपुग्दा, मलाई लाग्छ मेरो जीवनको आधाभन्दा बढी समय बितिसक्यो, यस अर्थमा मैले मेरा बारेमा र मैले आफनै तह र क्षमताले भए पनि अहिलेसम्म गरेका समाज सेवाका खातिराका कामहरुको बारेमा यहाँ यो एक छिनको समयमा भन्न खोज्नु त्यति ब्यबहारिक जस्तो लाग्दैन, यो सबैले गरेका हुन्छन, यस्ता मानबिय भावाना र सोचमा म पनि रमाउने गर्छु अहिले मैले यत्ति भने ।

एकले अर्कोलाई सहयोग नगर्ने हो भने मानब जीबन अरु कठिन हुन्छ मानब समाज, समुदाय, देश दुनिया सबैको जीबन अरु सरल सुन्दर र उपयोगी बनाउन आ आफ्नो ठाउँबाट जति सकिन्छ, त्यति गरौ भन्ने सोच बिचारको हुनुपर्छ भन्ने बिचारको एउटा बिचारको मान्छे म पनि हुं ।

बिद्यार्थी राजनीतिमा लाग्दै गर्दा म ने.बि संघ को क्याम्पस एकाई सचिब र स्व. बि. यु. सदस्यसम्म पनि भएँ, ने बि संघबाट स्व. बि. यु. को उप सभापति /सभापतिमा चुनाब लड्ने, मनोनयन हुने व्यक्तिमा पर्थे, कलेजका दिनहरुमा र बिद्यार्थी राजनीतिमा लाग्दै गर्दा धेरै पटक अग्र मोर्चामा रहेर काम गरेको खटेको छु। तर सरकारी सेवामा लाग्दा राजनीतिका कुरा त्यहाँ कहिल्यै गरिन जोडिन पनि ।

अमेरिकामा २००८ देखि सपरिवार बस्दै आएको छु, बिगत आठ दशबर्षदेखि एनआरएनमा पनि सक्रिय रुपमा लागेको छु । एनआरएनको मतदाता भेरिफिकेसन कमिटिको नर्थ क्यरोलाईनाको बिगतमा एक पटक च्येर भएर पनि काम गरेको छु। एनआरका विभिन्न कमिटीहरुमा बसेर काम गरेको छु । स्वास्थ्य समिति, कोरोना परामर्श समिति, केही बर्ष पहिला आइ.सी.सीको मानब तथा समाजसेवा समितिमा रहेर पनि काम गरेको छु । नर्थ क्यारोलाइनाको नेपाली सामाजिक संस्था, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनामा पनि एक कार्यकाल काम गरेको छु। नेपाली जनसम्पर्क समितिमा बसेर पनि काम गरेको छु, वर्तमान च्याप्टर प्रेसिडेन्ट पनि छु।


अहिले एनआरएनको माध्यमबाट समग्र नेपाली समुदायमा अरु बढी केही गर्न सकिन्छ कि भन्ने सोचले चुनाबको माहोलमा होमिएको हो, कि न कि एनआर एन सबैको साझा संस्था हो र बर्तमानमा सबै भन्दा बृहत्तर संस्था पनि र नेपाल सरकारबाट मान्यता प्राप्त संस्था पनि । एनआरएन ले गर्नु पर्ने कामलाई मैले मुख्यतया तीन प्रकारमा बिभाजन गर्न चाहन्छु , नेपाल भित्र हाम्रो अधिकारका लागि, स्वयम् संस्था बलियो बनाउने काम ( सांगठनिक काम ) र एनआएनहरुको ( अमेरिकामा बस्ने नेपालीहरुको लागि )सहयोग तथा सामाजिक उन्नति प्रगतिको लागि पनि ।

मैले यो क्षेत्रीय समितिमा उम्मेद्वारी दिनुको कारण यो क्षेत्रमा पर्ने दक्षिण क्षेत्रका अमेरिकी राज्यहरु : मेरिलेण्ड, डिसी, भर्जिनिया, वेस्ट भर्जिनिया, नर्थ क्यारोलाईना, साउथ क्यारोलाईना, जर्जिया, फ्लोरिडा, केण्टुकि, टेनेसी, मिसिसिपी, अलाबामा, ओक्लाहोमा, टेक्सास, अर्कानसास, र लुजियाना राज्यका बृहत्तर क्षेत्रमा बस्ने नेपालीहरुको समग्र हितमा काम गर्नको खातिर हो ।

एनआरएनको माध्यमद्वारा, किनकी व्यक्ति भन्दा परिवार ठुलो हो | परिवारभन्दा समाज र समुदाय ठूलो हो। जब परिवारभन्दा अलि पर पुगेर केही काम गर्न खोजिन्छ भने संस्था मार्फत गर्दा धेरै बुझ्न सकिन्छ, गर्न सकिन्छ भन्ने मेरो सोच र मान्यता छ | यही सोचले एनआरएन भित्रै रहेर काम गर्ने सोचले अहिले मैले पनि उम्मेद्वारी दिएको हो ।

मलाई पूर्ण विश्वास छ यो क्षेत्रका मत दाताहरुले मलाई नै रोज्नु हुनेछ यो उद्धेश्य र अर्थमा पनि र मेरा साथी भाइहरु नेपाल तथा अमेरिकामा पनि विभिन्न महत्वपुर्ण भूमिका र पदमा हुनुहन्छ, टी कुराहरु अहिले मैले गरेर हुदैन , मेरो लागि अहिले मलाई जुन काम को लागि तोकिएको छ यही ठूलो हो र मैले अबसर पाएको खण्डमा । यो दुइ बर्ष यही एनआरएन को काममा पूर्ण रुपमा खटिएर बिताउने छु, मैले अमेरिकामा यसरी नै १० -१२ बर्ष पहिला नै बिताए त अरु दुइ बर्ष बिताउनु मेरो लागि खासै गारो पर्दैन, र समाज सेवा भनेको मुख्यतय घर परिवारबाट बचेको समयमा गर्ने काम हो  |पारिवारिक रुपबाट पनि हाम्रो परिवारमा हामी तीन जना, मेरो श्रीमती, एक छोरा र म , छोरा अमेरिकाबाट विश्व विद्यालयको पढाई सकेर जब शुरु गर्ने अबस्थमा पनि भएको हुँदा पनि यो समय मेरो लागि अरु उपयुक्त पनि लग्यो, र एउटा कुरा मान्छेहरु यस्ता संघ संस्था र तिनका गतिविधितिर बढी लग्न खोज्नुको एउटा कारण समयको सर्बोत्तम सदुपयोग समाज र समुदयको खातिर भन्ने अर्थमा पनि हो ।


म सबै बिचार, आस्था र समुहका ब्यक्तिहरुलाई मिलाएर लानु पर्छ , एवं क्षमता, रुचि र न्याय सम्मत् तरिकाले काम गर्ने भूमिका दिनु पर्ने बिचारको मान्छे पनि हो । हामी आफ्नो देश र जन्मभूमि छोडेर यति टाढा आई सकेको अबस्थामा प्रथमत: हामी नेपाली हौ र अन्तत: हाम्रो चाहाना एक पटकको नेपाली सधैको नेपाली भन्ने नै हो सधै एकमत हुनुपर्छ भन्ने नै हो । र हाम्रो समग्र उद्धेश्य अन्तत: अमेरिकावासी नेपालीहरुको बृहत्तर भलाईमा हुनु पर्छ भन्ने नै हो ।

जय एनआरएन ,

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - २१:२६:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend