अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा गोली लागेर निधन भएका सागर घिमिरेको अन्त्येष्टि र परिवारको सहयोगार्थ बाल्टिमोरको सामाजिक संस्था बानाले गो फण्डमी शुरु गरेको छ। उक्त खातामा रकम उठाउन शुरु गरिएको छ।
उक्त अभियानलाई सहयोग पुर्याउने उद्देश्यले बाल्टिमोरको अर्को सामाजिक संस्था साथी बाल्टिमोरले आफ्ना सदस्य र सहयोगीहरु मार्फत उठेको रकम ५ हजार ५० डलर बानाका अध्यक्ष सुबोध विलास पन्तलाई हस्तान्तरण गरेको छ। साथी बाल्टिमोरका रमेश भट्ट 'नेपाली छोरो' र प्रविन खड्का सुनिल कटुवाल, सरोज कार्की, कुमार सुवेदी र प्रविन भण्डारी लगायतका युवाले उक्त रकम बानाको कार्यालयमा नै पुगेर हस्तान्तरण गरेका थिए।
साथी बाल्टिमोरले सागरका नेपालमा रहेका आफन्त र यहाँका सामाजिक कार्यकर्ता र साथीभाईहरुलाई जुममा सम्पर्क गराएर अबका प्रोसेसहरुका बारेमा घर परिवारलाई जानकारी गराएको थियो।
यसैबीच, महाबाणिज्य दुत प्रेमराजा महतले गोलि लागेर घाईते भएका श्याम अधिकारीलाई भेटेर सान्तवना दिदै नेपाली दुताबासले नजिकमा रहेर आवश्यक सहयोग गर्ने बताउनु भएको छ।
सागर घिमिरे र उनका साथी श्याम अधिकारी 'साथी बाल्टिमोरको' फेसबुकको सूचना मार्फत बाल्टिमोरको उक्त घरमा बस्न आएका थिए। घटना लगत्तै साथी बाल्टिमोरका युवाहरुले घाईते र निधन भएका युवाका साथीहरु, आफन्त र घरपरिवारसम्म सम्पर्क जोड्न सफल भएका थिए। घटनास्थलमा बानाका अध्यक्ष सुबोध विलास पन्त, महासचिव किरण ढकाल, एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरका संस्थापक उपाध्यक्ष बिनोद उप्रेतीले दिनभर घटनास्थल मै रहेर प्रत्यक्ष पिडित नेपाली परिवारहरुलाई सहयोग पुर्याएका थिए।
तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने तलको लिंक क्लिक गर्नुहोस