Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बानाको संयोजनमा कोभिड बिरुद्ध भ्याक्सिन लगाईयो, १२ बर्ष माथिकालाई पनि छिट्टै खोप आउदै

बानाको संयोजनमा कोभिड बिरुद्ध भ्याक्सिन लगाईयो, १२ बर्ष माथिकालाई पनि छिट्टै खोप आउदै

images
बानाको संयोजनमा कोभिड बिरुद्ध भ्याक्सिन लगाईयो, १२ बर्ष माथिकालाई पनि छिट्टै खोप आउदै

मेरिल्याण्डको सक्रिय संस्था बानाको संयोजनमा मे १६ तारिखमा ७० जनालाई कोभिड बिरुद्धको भ्याक्सिन लगाउने काम सम्पन्न भएको छ। बाल्टिमोर काउन्टीको हेल्थ डिपार्टमेन्टसंग सहकार्य गरेर बानाको आफ्नै भवनबाट यो सुबिधा उपलब्ध गराईएको हो। काउन्टीको हेल्थ डिपार्टमेन्टबाट ४ जना ट्रांस्लेटर सहित १५ जनाको टिम पुरै दिन खटेर यो काम सम्पन्न गरेको थियो। कार्यक्रममा बानाको कार्यसमितिका पार्वती सिंह (रिचा शाह), यमुना घिमिरे लगायतका स्वयंसेवकहरु बिहानदेखि खटेका थिए।

७० जना मध्ये कहिले पहिलो र कहिले दोस्रो डोज लगाएका थिए। यो पटक पहिलो डोज लगाएकालाई जुनको ६ तारिखमा दोस्रो डोज बानाको अफिस मै लगाउने व्यवस्था पनि गरिएको बानाका अध्यक्ष सुबोध विलास पन्तले जानकारी दिनु भयो।

बानाले पेन्डामिकका बेला बिबिध बिषयमा बैठक, छलफल र सूचनामुलक कार्यक्रमहरू लाईभ गरेर समुदायलाई जानकारी प्रदान गरेको बानाका महासचिव किरण ढकालले बताउनु भयो।

बानाले अहिलेसम्म ३ वटा क्याम्प संचालन गरेर मेरिल्याण्डको नेपाली समुदायका खोप लगाउन सघाएको छ। शुरुमा समुदायमा रहेका ६५ बर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउन स्थानीय मेडस्टार हस्पिटलसंग सहकार्य गरेको थियो।

"बानाले बाल्टिमोर काउन्टीसंग मिलेर छिट्टै १२ देखि १६ बर्ष उमेर समुहलाई पनि खोप लगाउने व्यवस्था गर्दैछ ।" अध्यक्ष सुबोध विलास पन्तले जानकारी दिनुभयो।

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - १८:३९:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend