बाल्टिमोरमा केहि दिन अगाडी भएको गोलि काण्डमा परेर ज्यान गुमाएका नेपाली युवा सागर घिमिरेको परिवारको लागि सुदुर पश्चिम समाज मेरिल्याण्डलेले आर्थिक सहयोग गरेको छ। समाजका सदस्यहरुले उठाएको रकम मेरिल्याण्डको सामाजिक संस्था बाना मार्फत बुझाईएको छ।
बानाको कार्यालयमा अध्यक्ष सुबोध विलास पन्तलाई सुदुर पश्चिम समाजका अध्यक्ष दमन बिक्रम शाहले २२ सय १२ डलर हस्तान्तरण हरेका थिए। बानाले नै स्वर्गीय घिमिरेको अन्त्यष्टि र परिवारलाई सहयोग होस् भनेर गो फण्ड मी शुरु गरेको छ। गो फण्ड मीमा पनि केहि रकम उठेको छ।
बाल्टिमोरको अर्को सामाजिक संस्था साथि बाल्टिमोरले पनि झन्डै ५ हजार डलर संकलन गरेर बानालाई बुझाईसकेको छ।